अन्नपूर्ण चिनी मिलका सञ्चालक प्रक्राउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 28, 2021 | 01:52:39 PM मा प्रकाशित

laxmi  sunrise bank

उखुको बक्यौता रकम भुक्तानी नगर्ने अन्नपूर्ण तथा इन्दिरा चिनी मिलका सञ्चालक राकेश अग्रवाललाई प्रक्राउ परेका छन् । नेपाल प्रहरीले जिल्ला प्रहरी कार्यालय सलार्हीको पत्रका आधारमा अग्रवाललाई बुधबार साँझ त्रिपुरेश्वरस्थीत निवासवाट प्रक्राउ गरिएकाे जनाएकाे छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता बसन्तबहादुर कुँबर बुधबार प्रक्राउ गरिएको अग्रवाललाई आज सलार्ही पठाइएको बताउँछन् । उखु किसानले दिएको जाहेरीका आधारमा अग्रवालाई प्रक्राउ गरिएको हाे । 

गृह मन्त्रालयको तथ्यांक अनुसार सर्लाहीमा रहेको अन्नपूर्ण सुगर मिलको १७ करोड र नवलपरासीमा रहेको इन्दिरा सुगर मिलको ४ करोड ७० लाख बक्यौरा रकम रहेको छ । जसमा अन्नपूर्णले १२ करोड ६३ लाख र इन्दिराले ८३ लाख बक्यौता रकम भुक्तानी गरिसकेका छन् । 

यसअघि बक्यौता रकम भुक्तानी नगरेको भन्दै लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवालाई वीरगन्जबाट प्रक्राउ गरिएको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved