रासायनिक मल महँगो हुने भएपछि किसानहरु आन्दोलित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 15, 2023 | 04:19:50 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले रासायनिक मलको अनुदान कटौती गरेपछि किसानहरुले आन्दोलन घोषणा गरेका छन् । नेकपा एमाले र नेपाली काँग्रेस सहितका राजनीतिक पार्टीका किसान संघ र संगठनहरुले मलमा दिइँदै आएको अनुदान कटौतीको निर्णय तत्काल फिर्ता लिन पनि माग गरेका छन् ।

काग्रेस निकट नेपाल किसान महासंघ, एमाले निकट अखिल नेपाल किसान महासंघ र राष्ट्रिय प्रजातन्त्र पार्टी निकट नेपाल राष्ट्रिय प्रजातान्त्रिक किसान संगठनले निर्णय फिर्ताको मागसहित प्रधानमन्त्री पुष्पकमल दाहाललाई चैत्र ३ गते शुक्रबार ज्ञापन पत्र बुझाउने भएका हुन् । 

यस सँगै, स्थानीय स्तरमा संयुक्त किसान संघर्ष समिति बनाउने, यहीँ समितिमार्फत धर्ना, जुलुस, चक्काजाम लगायतका आन्दोलन गर्ने घोषणा पनि गरिएको छ । अखिल नेपाल किसान महासंघका अध्यक्ष डा. प्रेम दंगालका अनुसार किसानहरुले पाउने अनुदान भनेको मलको मात्रै भएकाले यसलाई तत्काल पुर्नस्थापित गर्न माग गरिएको छ । किसानहरु हरेक दिन एकपछि अर्को समस्याबाट पीडित भइरहेका बेला किसानहरुका समस्या समाधान गर्नुको सट्टा उल्टै अनुदान कटौती गर्ने निर्णय स्वीकार्य नहुने दंगालले बताए । 

सरकारले फागुन २६ गते रासायनिक मलमा दिइँदै आएको अनुदान कटौति गर्ने निर्णय गरेको थियो । यसअघि कुल मूल्यमा सरकारले ७५ प्रतिशत अनुदान दिँदै आएको थियो । कृषकहरुले २५ प्रतिशत रकममा मल पाउँथे । सरकारले नयाँ निर्णय गर्दै मलको अनुदान ५० प्रतिशतमा सिमित गरेको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved