तातोपानी नाकाबाट नेपाल भित्रियो रासायनिक मल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 21, 2023 | 01:26:00 PM मा प्रकाशित

laxmi  sunrise bank

उत्तरी सीमा नाका तातोपानीबाट रासायनिक मल भित्रिन सुरु भएको छ । 

साल्ट ट्रेडिङ र कृषि सामग्री कम्पनी लिमिटेडका लागि सिल्क ट्रान्सपोर्ट कम्पनीले चीनबाट रासायनिक मल ल्याएको हो । सिल्क ट्रान्सपोर्ट कम्पनीका प्रमुख सञ्चालन अधिकारी दामोदर सत्यालले ७ हजार १ सय टन रासायनिक मल ल्याउने तयारी रहेको बताए । 

उनले यसअघि नै ट्रान्सपोर्टले ३५ सय टन कृषि समग्री र ४ हजार टन साल्ट ट्रेनिङलाई तातोपानी नाकाबाट रासायनिक मल ल्याएर बुझाइ सकिएको बताए। उनले केही समय अघि नै आउनुपर्ने मल कोभिडको कारणले रोकिएकाले अहिले आएको बताए। 

तातोपानी भन्सारको मल राख्ने क्षमता ७ हजार १ सय टन रहेकाले अहिलेको लागि त्यति बराबरको मल ल्याउने तयारी गरिएको उनको भनाई छ । बाँकी मल चीनको सिगात्सेमा ल्याएर राखिएको छ ।  तातोपानी नाकाबाट पछिल्लो ५ दिनमा दैनिक ९ वटासम्म मलका कन्टनर भित्रिएका छन् । 

रासायनिक मल चीनको सिगात्सेसम्म रेल र त्यहाँबाट तातापानी नाकासम्म कन्टेनरमार्फत् मल ल्याइएको हो । 

तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत उदेयसिंह बिष्टले खाद्यान्न, लत्ताकपडा, इलेक्ट्रोनिक तथा अन्य सामग्री आयात हुने गरेकामा पछिल्लो साता रासायनिक मल आयात भइरहेको बताए।  

उत्तरी नाकाबाट पनि मल भित्रिन थालेपछि यस वर्ष समयमै मल पाउने अपेक्षा गरिएको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved