नेपाल बायुसेवा निगमले खुला प्रतिस्पर्धाबाट एकै पटक १०६ जना कर्मचारीको माग गरेको छ। निगमले एक सूचना जारि गर्दै तह ४ को ग्राउण्ड इक्विपमेन्ट अपरेटरदेखि तह ७ को वरिष्ठ प्राविधिक अधिकृत सम्मका कर्मचारी माग गरेको हो।
निगमले आइतबार प्रकाशित गरेको पदपूर्ति सूचना अनुसार माग भएका कर्मचारीका लागि खुला तथा समावेशी रुपमा पदपूर्ति हुनेछ। निगमले वरिष्ठ प्राविधिक अधिकृत, वरिष्ठ प्राविधिक अधिकृत (इलेक्ट्रिकल), सिनियर को–पाइलट, अधिकृत, लेखा अधिकृत, वरिष्ठ सहायक, वरिष्ठ लेखा सहायक, वरिष्ठ प्राविधिक, सिनियर आईटी टेक्निसियन, सहायक, लेखा सहायक, ग्राउण्ड इक्युपमेन्ट अपरेटर पदका लागि दरखास्त आह्वान गरेको हो।
सबैभन्दा बढी प्रशासन/समान्य प्रशासनका लागि २२ जना अधिकृत माग गरेको छ। सामान्य प्रशासन तह ५ मा खुला र समावेसी गरि १४ जनाको लागि आबेदन माग गरेको हो।
परिक्षा दस्तुर तह ६ र ७ का लागि सात सय रुपैयाँ र ४ र ५ का लागि पाँच सय रुपैयाँ तोकिएको छ। एक भन्दा बढी समुहमा दरखास्त दिंदा थप रकम लाग्नेछ भने निगमले तोकेको समय सिमा भन्दा पछि अर्थात कात्तिक १९ देखि २६ सम्म भने दोब्बर दस्तुर तिरेर दरखास्त दिन सकिने निगमले जनाएको छ। आबेदन फारम भर्ने मिति प्रथम पटक सूचना प्रकाशित भएको २०७४ असोज २९ गतेदेखि २१ दिनसम्म तोकिएको छ।
आवेदकले काठमाडौं उपत्यकामा रहेको नेपाल बैंकको कुनै पनि कार्यालयबाट निगमको खाता नम्बर ०००२-११-००१९४५६ मा १ सय रुपैयाँ जम्मागरी परीक्षा दस्तुर बुझाउनु पर्नेछ ।
प्रथम पटक प्रकाशित सूचना हेर्नुहोस