नेपाल क्रेडिट एण्ड कमर्स बैंक, एनसीसीले एकै पटक ११४ जना कर्मचारीको माग गरेको छ। बैंकले हालै मात्र २६ स्थानमा नयाँ शाखा संचालनमा ल्याएको हुँदा ठुलो संख्यामा कर्मचारीको माग गरेको हो।
बैंकले सहायक प्रवन्धक देखि तल्लो तहसम्मका लागि कर्मचारीको माग गरेको छ। बैंकले २ जना सहायक प्रबन्धक, ३ जना बरिष्ठ कार्यकारी अधिकृत, १७ जना जुनियर कार्यकारी अधिकृत, १६ जना बरिष्ठ सहायक, २३ जना सहायक, २० जना जुनियर सहायक र ३० जना जुनियर सहयकको लागि प्रशिक्षार्थीको माग गरेको छ ।
सहायक प्रबन्धकका लागि बैंकले कम्तिमा पनि सम्बन्धित क्षेत्रमा अधिकृत स्तरमा ६ बर्ष काम गरेको अनुभव मागेको छ। त्यस्तै सहायक प्रबन्धक र बरिष्ठ कार्यकारी अधिकृतका लागि बैंकिङ क्षेत्रमा क्रमश ४ र ५ बर्ष काम गरेको हुनुपर्नेछ।
एनसीसी बैंकमा काम गरि बैंकिङ क्षेत्रमा आफ्नो करियर बनाउन चाहनेहरुले आफ्नो योग्यताले र अनुभवले भ्याएको पदमा कात्तिक १२ सम्म रोलिङपलान डटकम मार्फत आबेदन दिन सक्नेछन। आबेदन दिन यहाँ क्लिक गर्नुहोस।