नेपालका मुख्य सहरलाई 'स्मार्ट' बनाउने परियोजनामा सहकार्य गर्न मन्त्री राईको आब्हान

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 04, 2018 | 01:34:46 PM मा प्रकाशित

केन्द्रिय सरकारले सहरी विकास परियोजना कार्यन्वयनका लागि प्रदेश र स्थानीय सरकारलाई सहकार्यको आब्हान गरेको छ। बिहीवार विराटनगर, बुटवल, वीरगंजलगायतका क्षेत्रमा संचालन गर्न लागिएको सहरी विकास परियोजना कार्यान्वयनसम्बन्धि अवधारणा सार्वजनिक गर्दै सहरी विकास मन्त्री मोहम्मद इश्तियाक राईले यस्तो आब्हान गरेका हुन। 

सहरी विकास परियोजना कार्यान्वयनसम्बन्धि अवधारणा सार्वजनिक गर्दै मन्त्री राईले संघीय सरकार एक्लैले यो योजना कार्यन्वयन गर्न नसक्ने भन्दै निजी क्षेत्रका व्यवसायीहरुलाई सहयोग गर्न आग्रह गरे। उनले निजी क्षेत्र र अन्तराष्ट्रिय समुदायको सहभागितामा सो परियोजना अघि बढाउने योजना रहेको बताए। 

एशियाली विकास बैंकले तयार पारेको सो परियोजनाको अवधारणा लागू गराउन सबैको सहयोग आवश्यक रहेको भन्दै दातृ निकायलाई पनि लगानीका लागि आग्रह गरिरहेको जानकारी दिए। परियोजनामा देशका मुख्य, मुख्य सहरलाई स्मार्ट सिटीको रुपमाअघि बढाउने योजना समावेश गरिएको छ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved