भिजन लुम्बिनिले बुद्ध सर्किटमा गुडाउन सुबिधा सम्पन्न १० वटा बस भित्र्याएको छ । एसि र वाइफाइको सुविधा रहेको गाडिमा ५२ वटा सिट रहेको छ । बसमा सिसिटिभी क्यामेरा र एयर सस्पेन्सन राखिएको छ् ।
गाडीमा रिचार्ज र टिकट सेवा पनि उपलब्ध गराइने संस्थाले जनाएको छ । ति बसहरुले बुटवल, भैरहवा, सुनौली, लुम्बिनी, सेमलार, बर्दघाट रूट तथा बुद्ध सर्किटमा चल्नको लागि अनुमति लिइसकेको छन् । १० करोड रूपैयाँ खर्चेर किनेकोे बसहरु भोलिदेखि सन्चालनमा ल्याउने तयारि कम्पनिको रहेको छ ।