बजारमा तरलता अभाब देखिएको भन्दै गत साता मात्रै दुई पटक गरि ३० अर्बको रिपो जारि गरेको नेपाल राष्ट्र बैंकले ३ अर्ब रुपैयाँ बजारबाट तान्ने भएको छ।
राष्ट्र बैंकले दुई पटक गरि जारि गरेको ३० अर्ब रुपैयाँको रिपोमा ७ बैंकबाट ५ अर्ब ३० करोडको आबेदन परेको थियो। राष्ट्र बैंकले एक सुचना प्रकाशित गर्दै ३ अर्ब रुपैयाँ बजारबाट तान्ने जनाएको हो।
यद्दपी यो ट्रेजरी बिल नयाँ नभई पुरानैको रोलओभर हो। राष्ट्र बैंकले माघ ३ मा ९१ दिने ट्रेजरी बिल मार्फत ३ अर्ब रुपैयाँ बजारबाट झिक्न लागेको जनाएको छ।
यो पनि : बजारमा तरलता अभाब 'बैंकको स्यालभाका मात्रै'