आगामी सातादेखि नेपाल वायुसेना निगम, नेवानिको आन्तरिक उडानमा दुई जहाज थपिने भएका छन। चीन सरकारले सहुलियत ऋण उपलब्ध गराउने ति जहाज लिन नेपाल वायु सेवा निगमका अधिकारीहरु आइतबार चीन तर्फ लागेका छन।
नेपाल सरकार र चीनबीच २०७० मङ्सिरमा ६ वटा जहाज चीनले नेवानीलाई उपलब्ध गराउने सम्झौता भएको थियो। सोहि सम्झौता अनुसार ३० सिट क्षमताका दुई जहाज नेपाल भित्र्याउन लागिएको हो। नेवानिले ती दुई जहाजको नाम डाँफे र गौथली राखेको छ।