सुरु भयो नागढुंगामा सुरुङ खन्ने काम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 22, 2020 | 12:49:08 PM मा प्रकाशित

laxmi  sunrise bank

सिस्नेखोला–दहचोक (नागढुंगा) सुरुङमार्ग खन्ने काम आजबाट सुरु भएको छ । मेसिनको प्रयोग गरेर सुरुङमार्ग खन्ने काम सुरु भएको सडक विभागले जनाएको हो । 

शिलान्यास भएको १४ महिनापछि सुरुङमार्गमा खन्ने काम सुरु भएको हो । २०७६ कात्तिक ४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले दहचोकमा रुङमार्गको शिलान्यास गरेका थिए । ४२ महिनाभित्र निर्माण सम्पन्न गर्नेगरी शिलान्यास भएको करिव १४ महिनापछि बल्ल सुरुङ खन्न सुरु गरिएको हो । उक्त सुरुङमार्ग २.६६८ किलोमिटर लामो हुनेछ ।

समयमा नै मेसिन आइनपुगेको, सुरुङको मुखको जग्गाको मुआब्जाको विवाद लगायतका कारणले निर्माणमा ढिलाई भएको आयोजना कार्यालयले जनाएको छ । 

सुरुङमार्ग र पहुँचमार्गमा करिब २२ अर्ब खर्च हुने अनुमान गरिएको छ । जसमा १६ अर्ब ६० करोड जापान सरकारले ०.०१ प्रतिशत व्याजदरमा ४० वर्षका लागि सहुलियतपूर्ण ऋण उपलब्ध गराएको छ भने नेपाल सरकारको ५ अर्ब ५३ करोड रुपैयाँ खर्च गरिँदैछ । सुरुङमार्ग निर्माण भएपछि सिस्नेखोलाबाट २० मिनेटमा काठमाडौं आइपुगिनेछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved