तीनकुनेमा वडा कार्यालय भवन शिलान्यास

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 30, 2020 | 04:43:08 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँ महानगरपालिका वडा नम्बर ३१ को वडा कार्यालय भवनको शिलान्यास गरिएको छ । तीनकुने पुल मुखैमा रहेको १ रोपनी ८ आना क्षेत्रफलमा भवन निमार्णको शिलान्यास गरिएको हो । 

२०७४ सालको स्थानीय निर्वाचनपछिको पहिलो कार्यपालिका बैठकले महानगरको केन्द्रीय भवन र सबै वडाको आफ्नै कार्यालय भवन निर्माण गर्ने निर्णय गरेको थियो । उक्त निर्णय अनुसार आज ३१ नम्बर वडाको भवन शिलान्यास गरिएको महानगरले जनाएको छ । 

एक वर्ष भित्रमा निर्माण सम्पन्न गर्ने गरी काम अघि बढेको मेयर शाक्यले जानकारी दिए । उक्त भवन निर्माण भइसकेपछि सेवा चुस्त र छिटो हुने अपेक्ष गरिएको उनी बताउँछन् । ‘हामीले हाम्रो जिम्मेवारी पूरा गरेका छौँ । जसका पालामा भवन निर्माण भयो त्यो भवन उसैको निजी भएको जस्तो गरेर कहिलेकाहीँ धारणा व्यक्त हुने गरेका छन् । यो भ्रम हो । जुनसुकै वडा कार्यालय निर्माण भए पनि जनप्रतिनिधिले हाम्रा पालामा काम सम्पन्न गर्न पायौँ भनेर आत्मसन्तुष्टि मात्रै लिने हो । यो सम्पत्ति स्थानीयको हो । स्थानीय सेवाका लागि हो’, उनले भने । 

५ तल्ला रहने उक्त भवनको इष्टिमेट रकम ६ करोड ७५ लाख ६२ हजार १ सय ६२ रुपैयाँ थियो । खुल्ला प्रतिस्पर्धामा निर्माण व्यवसायी प्राकृतिक/पवन जेभीले भ्याटसहित ४ करोड ६७ लाख ४८ हजार ४५ रुपैयाँमा निर्माण कवोल गरेको छ । भवनमा ६ जना क्षमताको लिफ्ट जडान हुनेछ भने जमिन तलामा पार्किङ्का लागि पूर्वाधार तयार पारिनेछ । 

यसअघि महानगरले वडा नं ९ र १८ का नवनिर्मित भवनको औपचारिक रुपमा उद्घाटन गरिसकेको छ । ३ नम्बरको भबन ९५ प्रतिशत निर्माण सम्पन्न भइसकेको छ भने वडा नं ४ को भवन पुष मसान्तभित्र सम्पन्न हुनेछ । 

वडा नम्बर १४ र २६ ले नयाँ भवनबाट सेवा सुरु गरिसकेका छन् भने अन्य वडाको भवन निर्माणको क्रममा रहेको महानगरले जनाएको छ । 

वडा नम्बर ३१ को भवन काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ, वडाध्यक्ष नारायण भण्डारीले संयुक्त रुपमा भवन निर्माणको शिलान्यास गरेका हुन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved