१५ दिनपछि बागमतीमा फोहोर पानी बग्दैन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 01, 2021 | 11:33:21 PM मा प्रकाशित

laxmi  sunrise bank

खानेपानी मन्त्रालयले बागमतीमा सफा पानी बगाउने तयारी गरेको छ । ढिलोमा दुई साताभित्र पशुपतिनाथ क्षेत्रबाट बागमतीमा सफा पानी बग्न थाल्ने खानेपानी मन्त्री मणी थापाले बताए ।

त्यसका लागि गुह्हेश्वरीमा रहेको ‘गुहेश्वरी फोहोर पानी प्रशोधन केन्द्र’ सञ्चालनमा ल्याउन तयार भएको छ । इञ्जिनियर किशोर पन्थीले प्रशोधन केन्द्र निर्माणको सम्पूर्ण काम सकिएको बताए ।  शुक्रबार मन्त्री थापाले गुहेश्वरीस्थित गुहेश्वरी फोहोर पानी प्रशोधन केन्द्रको अवलोकन गरेर पूर्ण रुपमा सञ्चालनका लागि तयार हुन निर्देशन दिएका छन् । 

उनले बाँकी कामहरु सकेर तयारी अवस्थामा बस्न निर्देशन दिएका हुन् । ढल प्रशोधन केन्द्र सञ्चालनमा आएपछि दैनिक ३ करोड २४ लाख लिटर पानी प्रशोधन गर्न सकिन्छ । 

त्यस्तो फोहोर पानी प्रशोधन हुँदा दैनिक ७ टनसम्म मल निस्कने इञ्जिनियर किशोर पन्थीले जानकारी दिए । ढल प्रशोधनका क्रममा निस्कने ग्याँसबाट विजुली समेत निस्कनेछ । 

कस्तो हुन्छ पानी 

प्रशोधन केन्द्र सञ्चालनमा आएपछि बागमतीको पानीमा सजिलै माछा लगायत जलप्राणी बाँच्न सक्नेछन् । ढलमा मिसिने ठोस र रसायनीक पदार्थहरु प्रशोधन भएको हुन्छ र त्यसको विषात्तपनलाई निर्मलीकरण गरिएको हुन्छ ।

‘यस्तो पानी बागमतीमा सलल बग्नेछ, खानेपानी सचिव माधव वेलवासेले भने, अहिले नै मान्छेले खानयोग्य हुँदैन तर जलप्राणी बस्न योग्य पानी बागमतीमा चाँडै बगाउन संरचना  तयार भएको छ ।’

पानी कञ्चन सङ्लो भने देखिदैन । ढलमा अत्याधिक रसायनिक पदार्थहरु मिसिएकाले कञ्चन निलो बनाउन भने नसकिएको प्रशोधन केन्द्रका इञ्जिनियर पन्थीले बताए । उनले थोरै  मैलो देखिएपनि पानीमा हुनुपर्ने शुद्धता कायम हुने बताए । 

यो आयोजना सन् २०१६ बाट निर्माण शुरु भएको हो । नेपाल सरकारको ३० प्रतिशत र एशियाली विकास बैंकको ७० प्रतिशत लगानीमा सम्पन्न भएको आयोजना ९९ रोपनी क्षेत्रफलमा फैलिएको छ । आयोजनाको कुल लागत २ अर्ब ५५ करोड हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved