काठमाडौँमा विशाल सेन्ट्रल पार्कः कति सम्भव कति आवश्यक ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Jun 06, 2021 | 05:35:13 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँमा आधुनिक ‘सेन्ट्रल पार्क’ बनाउने घाषणा भएको छ । आगामी आर्थिक वर्ष २०७८÷०७९ को बजेटमार्फत अर्थमन्त्री विष्णु पौडेलले नारायणहिटी दरबार संग्राहलयदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशाला सम्मको क्षेत्रलाई अत्याधुनिक ‘सेन्ट्रल पार्क’ मा विकास गरिने घोषणा गरेका हुन् ।

काठमाडौं शहरको मध्य भागमा विशाल पार्क बनाउन लागिएको छ । कार्यक्रम घोषणा भएपनि मानिसहरुले खासै विश्वास भने गरिसकेका छैनन् । तर, कतिपयले भने पुरातात्विक महत्वका सम्पदा यथावत राखेर विगतमा भएको जस्तै पार्क बनाउँदा राम्रो हुने सुझाव दिएका छन्

यी हुन् पार्कमा समेटिने क्षेत्र

कुनै समय जमलस्थित रानीपोखरीदेखि त्रिपुरेश्वरसम्म फैलिएको विशाल पार्क थियो । काठमाडौँको गहना मानिने उक्त पार्क अहिलेको पुस्ताले देख्नै पाएन । त्यसैले सम्पदा अभियान्ताहरुले रानीपोखरीदेखि त्रिपुरेश्वर सम्मको क्षेत्रलाई समेटेर पूरानै शैलीको पार्क बनाउनुपर्ने माग राख्दै आएका थिए ।

राष्ट्रिय पुनःर्निर्माण प्राधिकरणले अत्याधुनिक पार्क बनाउन गुरुयोजना समेत तयार पारेको छ ।

भूमिगत पार्किङ सहितको खुलामञ्च, प्रर्दशनीस्थल सहितको भृकुटीमण्डप, रानीपोखरी, रत्नपार्क, टुँडिखेल, सुन्धारा, भद्रकाली र त्रिपुरेश्वरको दशरथ रंगशाला क्षेत्र अब बन्ने भनिएको पार्कमा समेटिने छ ।

कति आवश्यक ?

काठमाडौँ मूलुकको राजधानी हो । तर, काठमाडौँ दक्षिण एशियाकै पार्क र हरियालीविहीन एकमात्र राजधानी बन्न पुगेको छ । सांस्कृतिक सम्पदा, यहाँको भूगोल आदिले काठमाडौँ दक्षिण एशियाकै सुन्दर शहर भएपनि हरियालीयुक्त पार्क भने छैनन् ।

छिमेकी देश भारतको राजधानी नयाँदिल्लीमा २१ वटा पार्क छन् । तर, काठमाडौँमा पार्कको नाममो केवल एउटा रत्नपार्क मात्रै छ । यो पनि स्तरीय खुला ठाउँको रुपमा परिचित हुनुपर्नेमा त्यसो छैन ।

काठमाडौंका खोलानाला पुनःस्थपन र तिनको सरसफाई र नदी किनारमा हरियाली अभियानले काठमाडौँ पूरानै अवस्थामा फर्किने आशा जगाएको सम्पदा अभियान्ताहरु बताउँछन् । 

‘द अमेरिकन फरेस्ट सर्भिस’ ले गरेको अध्ययनले ५० वर्ष लामो आयु भएको एउटा रुखले उसको जीवनकालमा ३१ हजार डलर बराबरको अक्सिजन उत्पादन गर्छ, ६२ हजार डलर बराबरको प्रदूषण नियन्त्रण गर्छ र ३७ हजार डलर बराबरको पानी रिचार्ज गर्छ । त्यसैले जनघनत्व बढी भएको मूलुकको राजधानीमा हरियाली सहितको पार्क आवश्यक रहेको र यो बनाउन सम्भव पनि रहेको प्राधिकरणले नै बताएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved