काष्ठमण्डप पुनःर्निर्माणमा काठमाडौँ महानगरले दियो थप १ करोड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 29, 2021 | 03:20:04 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँ महानगरपालिकाकाले काष्ठमण्डप पुनःर्निर्माणका लागि थप १ करोड रुपैयाँ अनुदान दिएको छ । उपभोक्ता समितिमार्फत पुरानै शैलीमा पुनर्निर्माणका भईरहेको काष्ठमण्डप पुनःर्निर्माणका लागि महानगरले थप १ करोड अनुदान दिएको हो । 

२०७२ सालको भूकम्पबाट क्षतिग्रस्त काष्ठमण्डपको पुनर्निर्माणको काम समितिले २०७५ को वैशाखबाट सुरु गरेको थियो । सुरुमै काठमाडौँ महानगरपालिकाले ५० लाख रुपैयाँ दिएको थियो । पुनः पाँच–पाँच करोड दिएको महानगरपालिकाले अहिले दिएको अनुदानसहित कुल ११ करोड ५० लाख पुगेको काष्ठमण्डप पुनर्निर्माण समितिका संयोजक एवं प्रदेश सांसद राजेश शाक्यले जानकारी दिए ।

ऐतिहासिक सम्पदा काष्ठमण्डपको पुनःर्निर्माणका लागि बजेट अभाव हुन नदिने भन्दै काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले समयमै काम सम्पन्न हुनेमा आशावादी रहेको बताए ।   

‘काठमाडौ महानगरपालिकाकाले काष्ठमण्डप पुनःर्निर्माण समितिलाई चार चरणमा गरेर ११ करोड ५० लाख उपलब्ध गराएको छ,’ पुनर्निर्माण समितिका संयोजक राजेश शाक्यले भने, ‘हामीले करीब १२ करोडमा काम सम्पन्न गर्ने लक्ष्य लिएका छौँ । काष्ठमण्डप पुनर्निर्माणका लागि रकम सहयोग गर्ने काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यसहित महानगरपालिकालाई धन्यवाद ।’ 

शाक्यले पुनर्निर्माणको काम ९० प्रतिशत बढी सम्पन्न भएको भन्दै अब छिट्टै उद्घाटनको चरणमा पुग्ने बताए । 

‘हामीले समयमै काम सम्पन्न गर्न लकडाउन र निषेधाज्ञाको अवधिमा पनि पुनर्निर्माणको कामलाई निरन्तरता दिदैँ आएका छौँ,’ उनले भने, ‘काठ अभावका कारण पनि सामान्य ढिलाई भयो । अब त्यो समस्या पनि समाधान भईसकेको छ । हामीले रौतहटलगायतका जिल्लाबाट काठ ल्याई हेटौडामा चिरान गरेर ल्याउँदै आएका छौँ । अब काठ अभावले काम रोकिन्न । हामी छिट्टै उद्घाटनको तयारीमा जुट्छौँ ।’ 

शाक्यले सातौँ शताब्दीकै शैलीको प्रविधि प्रयोग गरेर काष्ठमण्डप पुनःर्निर्माण भईरहेको भन्दै माटो, इँटा र काठ पनि पुरानै शैलीका प्रयोग भएको जानकारी दिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved