ग्वार्कोमा बन्दै नेपालकै पहिलो फ्लाइओभर, नयाँ मोडलमा ठेक्का आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 13, 2021 | 02:25:47 PM मा प्रकाशित

laxmi  sunrise bank

ललितपूरको ग्वार्कोमा नेपालकै पहिलो फ्लाइओभर बन्ने भएको छ । ग्वार्को चोकमा बन्ने ४ लेनको फ्लाइओभरको ठेक्काका लागि बोलपत्र आह्वान भएको छ । सडक विभाग अन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले फ्लाइओभर बनाउन सोमबार बोलपत्र आह्वान गरेको हो ।

सडक विभागले चक्रपथ सडक खण्डमा बढी जाम हुने ३ स्थानमा फ्लाइओभर बनाउने योजना यस अघि नै बनाईसकेको छ । चक्रपथ विस्तारको पहिलो खण्ड अर्थात् कोटेश्वर–कलंकी खण्डको ३ वटा चोकमा फ्लाइओभर बनाउने योजना अनुसार पहिलो चरणमा ग्वार्को चोकमा फ्लाइओभर बनाउन बोलपत्र आह्वान गरिएको हो ।

नयाँ मोडलमा ठेक्का आह्वान

सडक विभागले इन्जिनियरिङ प्रोक्युरेमेन्ट कन्स्ट्रक्सन (ईपीसी) मोडलमा ठेक्का सम्झौता गर्नेगरी बोलपत्र आह्वान गरेको छ । केही दिन अघि मात्रै बोलपत्रको नयाँ मोडलका रुपमा सार्वजनिक भएको मस्यौदा पास भएसँगै विभागले ईपीसी मोडलमा बोलपत्र आह्वान गरेको हो ।

ठेक्काको यो मोडलमा डिजाइनदेखि खरिद हुँदै निर्माणसम्मको सबै कामको जिम्मा ठेकेदार कम्पनीको हुन्छ । यो मोडलमा कुनै प्राकृतिक विपत्तिको असर नपरेसम्म आयोजनाको म्याद पनि थप हुँदैन ।

२ वर्षे म्याद

बोलपत्रमा साउन २६ गतेसम्म आवेदन दिन सकिने छ । ठेक्का पाउने कम्पनीले २ वर्षमा फ्लाइओभर बनाएर विभागलाई हस्तान्तरण गर्नुपर्नेछ । २ वर्षमध्ये ४ महिना डिजाइनका लागि छुट्याइएको छ । 

केन्द्रका निर्देशक डा. विजय जैसीले फ्लाइओभरको लम्बाइ ४५५ मिटर हुने जानकारी दिए । बालकुमारी पट्टिबाट २८० मिटर माथि उक्लेर बीमा बन्ने पुल सडकबाट ३५ मिटर माथि हुनेछ ।

त्यसमा जोड्न सातदोबाटोपट्टि सडकमाथि १७५ मिटर लामो पूर्वाधार बनाईनेछ । 

फ्लाइओभरका लागि अर्थ मन्त्रालयले २४ करोड बजेटको स्रोत सुनिश्चितता गरिसकेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved