रामेछाप विकास बहसः कृषि, पर्यटन र जलविद्युतमा केन्द्रित हुनुपर्ने सुझाव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 21, 2021 | 02:04:22 PM मा प्रकाशित

laxmi  sunrise bank

रामेछाप काठमाडौँ सिर्जनशील समाजले ‘रामेछाप विकास बहस’ नामक पुस्तक विमोचन गरेको छ । ‘समुद्ध रामेछाप, सुखी रामेछापबासी’को नारासहित स्थापना भएको यो समाजले रामेछाप जिल्लाको विकासको अवस्था, सम्भावना र चूनौति समेटिएको दस्ताबेज विमोचन गरेको हो ।

शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा रामेछाप काठमाडौँ सिर्जनशील समाजका संयोजक कृष्णहरी बुढाथोकीसहित उपस्थित सबैले सामूहिक रुपमा पुस्तक विमोचन गरेका हुन् । रामेछाप विकास बहसमा रामेछापको विकास कसरी गर्न सकिन्छ भन्ने विषयमा विभिन्न क्षेत्रका व्यक्तिहरुका विचार समेटिएका छन् ।

कार्यक्रममा सहभागीले रामेछापमा कृषि, पर्यटन र जलविद्युतको अपार सम्भावना रहेको भन्दै यी ३ क्षेत्रको माध्यमबाट विकासमा सहजै फड्को मार्न सकिने धारणा राखेका छन् । कार्यक्रममा सहभागी रमेशकुमार खड्काले कृषिलाई पर्यटनमा जोडेर ‘एग्रो टुरिजम हब’का रुपमा रामेछापलाई विकास गर्न सकिने धारणासँगै यो काम कसरी गर्न सकिन्छ भन्ने विषयमा उदाहरण पनि दिएका थिए ।

जलविद्युतको क्षेत्रमा अत्यन्त सम्भावना भएपनि साना साना आयोजना बनाएर प्राकृतिक स्रोत मास्ने काम भएको भन्दै कार्यक्रममा सहभागी गेली शेर्पाले एउटै ठूलो आयोजना बनाएर रामेछापको बिजुलीले देशभरी नै उज्यालो पुर्याउन सकिने बताए ।

रामकृष्ण थापाले सुरुमा कुन क्षेत्रमा के को सम्भावना छ भनेर विज्ञसहित स्थलगत निरीक्षण गर्ने र त्यसपछि त्यो क्षेत्रमा लगानी गर्न वित्तीय क्षेत्रलाई आग्रह गर्नुपर्ने बताए । जनचेतनासँगै वित्तीय साक्षरताका कार्यक्रम पनि सँगसँगै सञ्चालन गर्नुपर्ने थापाको जोड छ । यसले मानिसहरुमा वित्तीय ज्ञान बढ्ने र त्यसपछि आफैँ उत्पादनमूलक क्षेत्रमा लाग्ने उनको विश्वास छ ।

युवा व्यवसायी होम बुढाथोकीले भ्रष्टाचारका कारण रामेछाप विकासमा पछाडी परेको र यो समाजले भ्रष्टाचार विरोधी कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए । उनले जिल्लाको विकासका लागि स्वच्छ छविको राजनीतिक नेतृत्व नहुनु दुःखद भएको भन्दै सञ्चार जगतले भ्रष्टाचारका समाचार लेख्न नसकेको भन्दै आक्रोश पनि पोखे ।

सहभागीहरु राम बुढाथोकी, हरिहर कार्की लगायतले संघीय संरचनापछि बनेका वडाध्यक्षहरु डोजरको मालिक भएको र जथाभावी बाटो खन्नु नै विकास हो भनेर हिड्ने गरेको भन्दै यो काम तत्काल बन्द गर्नुपर्ने आवश्यकता औल्याए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved