उपत्यकाका ३८२ स्थानमा प्लटिङको अनुमति, घरजग्गा व्यवसायी भन्छन्, ‘गलत तथ्यांक’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 08, 2022 | 03:13:56 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँमा जग्गा प्लटिङ बढिरहेको छ । काठमाडौँ, भक्तपुर र ललितपुरका विभिन्न ठाउँमा प्लटिङ र आवास विकास परियोजना बनिरहेका छन् । तर कहाँ कहाँ प्लटिङ भईरहेको छ भन्ने यकिन तथ्यांक भने छैन । 

काठमाडौँ उपत्यका विकास प्राधिकरणका अनुसार ३८२ परियोजना छन् । योजनावद्ध आवासीय घडेरी, सामूहिक आवास, संयुक्त आवास, व्यापारिक व्यवसायिक भवन, स्वास्थ्य संस्था, होटल/पर्यटन भवन, कार्यालय भवन र अन्य गरी उपत्यकामा जम्मा ३८२ परियोजनाले अनुमति पाएका छन् । 

तर, काठमाडौँ उपत्यकाको ठाउँ ठाउँमा बिना योजना प्लटिङ भईरहेको आवास विकासकर्ताहरु नै स्वीकार गर्छन् । २०७८ असार पछि भने प्राधिकरणले अनुमति दिएका योजनाको अद्यावधिक गरेको छैन ।

कुन जिल्लामा कुन परियोजना कति ?

काठमाडौँमा २२९, ललितपुरमा १०५ र भक्तपुरमा ४६ परियोजनालाई अनुमति दिईएको प्राधिकरणले जनाएको छ । 

सूचीः

‘यो तथ्यांक वास्तविक होइन’

५ रोपनीभन्दा बढी जग्गा प्लटिङको लागि प्राधिकरणको अनुमति चाहिन्छ । ५ रोपनीभन्दा बढी जमिन प्लटिङको अनुमति काठमाडौँ उपत्यकाका ३ वटै जिल्लामा रहेको प्राधिकरणको जिल्ला आयुक्तको कार्यालयले दिन्छन् । 

५० रोपनी बढी जग्गा प्लटिङ गरेर कुनै परियोजना विकास गर्नु परेको खण्डमा भने भौतिक विकास समितिले नै अनुमति दिनुपर्ने व्यवस्था छ ।

तर प्राधिकरणकै अधिकारी र घरजग्गा व्यवसायीहरु उपत्यकामा जम्मा ३८२ मात्रै आयोजना रहेकोमा विश्वास गर्दैनन् । 

एकजना घरजग्गा व्यवसायी भन्छन्, ‘यो त अनुमति लिएकाको लिष्ट भयो, हामीहरु यो भित्र पर्छौँ, तर बिना अनुमति वडासँग, नगरपालिकासँग मिलेर भईरहेका प्लटिङको रेकर्ड छैन । बैंकहरुको लगानी त्यस्ता परियोजनामा बढी छ । अनि राष्ट्र बैंक हुलमुलमा सबैलाई एउटै डालोमा हालेर घरजग्गा क्षेत्र अनुत्पादक क्षेत्र भनिदिन्छ ।’

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved