एमसीसी अन्तर्गत बन्ने प्रसारणलाइनको जग हाल्न १३ स्थानीय तहको जग्गा प्राप्ति हुँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 07, 2023 | 09:24:56 AM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकी सहयोग परियोजना एमसिसी कार्यान्वयन गर्न बनेको एमसीए नेपालले प्रसारण लाइन निर्माणको लागि जग्गा प्राप्ति सम्बन्धी प्रक्रिया अगाडी बढाएको छ । एमसीए नेपालले प्रसारण लाइनको टावरको जग निर्माण प्रयोजनको लागि जग्गा प्राप्ति गर्न प्रारम्भिक प्रक्रिया अगाडी बढाएको हो ।

एमसीए नेपालले सार्वजनिक सूचना प्रकाशन गर्दै सूचनामा उल्लेख गरिएका जग्गाहरुको नापजाँच गर्न ३ दिनपछि टोली आउने जनाएको छ । जग्गाको नापजाँच गर्ने, सर्वेक्षण गर्ने, साँध छुट्याउने, तथा किला गाड्ने प्रयोजनको लागि प्राविधिक टोली ३ दिनपछि फिल्डमा आउने उल्लेख छ । जग्गा प्राप्ति ऐन २०३४ बमोजिम जग्गा प्राप्ति हुन लागेको हो ।

प्रसारण लाइनको कुन खण्डको लागि कहाँ कहाँ हुँदै छ जग्गा प्राप्ति ?

 रातमाटेदेखि नयाँ दमौली खण्डको लागि तनहुको आबुखैरेनी, बन्दीपुर र ब्यासको विभिन्न वडामा  ।

नयाँ बुटवलदेखि नयाँ दमौली खण्डको लागि तनहुको ब्यास, रिसीङ र घिरिङको विभिन्न वडामा ।

रातमाटेदेखि नयाँ हेटौडा खण्डको लागि धादिङको गल्छी, थाक्रे, निलकण्ठ, सिद्धलेक, गजुरी, र बेनिघाट रोराङको विभिन्न वडामा ।

नयाँ बुटवलदेखि नयाँ दमौली खण्डको लागि पाल्पाको रामपुर र निस्दीको विभिन्न वडामा । 


 एमसिए नेपालले तीन सय १५ किलोमिटर लामो चार सय केभी क्षमताको प्रसारण लाइन निर्माण गर्न लागेको हो। तीन वटा समूहमा विभाजन गरेर प्रसरंलाइन निर्माण हुने छ । लप्सीफेदी–रातमाटे–न्यू हेटौँडा एक सय १७ किलोमिटर लामो प्रसारण लाइन चार सय केभी क्षमताको प्रसारण लाइन निर्माण हुनेछ । त्यस्तै, रातमाटे-दमौली ९० किलोमिटर लामो चार सय केभी र न्यू दमौली–न्यू बुटवल प्रसारण लाइन ९० किलोमिटर लामो र नेपाल भारत अन्तरदेशीय प्रसारण लाइनको खण्डको कूल १८ किलोमिटर लामो प्रसारण लाइनसमेत यसैमा समेटिएको छ ।

 नेपालको प्रसारण प्रणालीको विकास तथा सडक निर्माणका लागि अमेरिकाले अनुदान सहयोग उपलब्ध गराएको हो। एमसिसीले कूल ५० करोड डलर र नेपाल सरकारकातर्फबाट १३ करोड डलर सो परियोजनाका लागि उपलब्ध हुनेछ । आयोजना निर्माण आगामी अगस्टदेखि गणना हुनेगरी पाँचवर्षे अवधि प्रारम्भ हुनेछ । एमसिसीले पाँच वर्षे अवधिमा सम्पन्न गर्नेगरी परियोजना अगाडि बढाउन लागिएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved