नागढुङगा सुरुङ मार्गमा कहिले कुद्छ गाडी ? कति भयो काम ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 26, 2023 | 01:47:55 PM मा प्रकाशित

laxmi  sunrise bank

नागढुङ्गा सुरुङमार्ग निर्माणको काम अहिले धमाधम चलिरहेको छ । तर सुस्त गति छ । कोरोनालगायत विविध कारणले निर्माण कार्य प्रभावित भएको जनाउँदै अहिले एक वर्ष म्याद थप भएको छ ।  सुरुङ मार्गको टनेल अझै जोडिएको छैन । नेपालको यातायात पूर्वाधारमा सुरुङ मार्गको युगमा प्रवेश गरेको भनेर यसलाई चिन्ने गरिन्छ । 

त्यसैले यो सडकमा गाडी गुडाउने धोको आम नागरिकलाई छ । गाडीमा चढेर सुरुङमार्गको मजा लिन कहिले पाइएला भन्ने एउटा गमिभर प्रश्न विगत पाँच वर्षदेखि नै छ । 

उक्त सुरुङ मार्गको टनेल जोडिन अब केही सय मिटर मात्रै बाँकी छ । दुई वटामध्ये मुख्य टनेल ६०० मिटर जोडिन बाँकी छ भने सहायक अर्थात रेस्क्यु (इभ्याकुएसन) टनेल २१० मिटर जोडिन बाँकी छ । मुख्य टनेल दशैँ आसपासमा ब्रेक थ्रो हुने र सानो भने अबको एक दुईहिनामै जोडिने नागढुङ्गा सुरुङमार्ग आयोजनाका कन्सल्ट्यान्टतर्फका इन्जिनियर रमेश कोइलाले बताए ।

सिस्नेखोलाबाट शुरु भएको यो २ हजार ६८० मिटरको सुरुङमार्ग हो । सिस्ने खोलाको प्रवेश विन्दुबाट ९१ मिटर माथि बलम्बुनजिक यो निस्किन्छ । टनेल सिधा नभएर थोरै घुमाएर बनाइएको छ । यहाँ दुई वटा टनेल निर्माण भइरहेको छ । 

एउटा गाडी सञ्चालनका लागि बनाएको छ । टनेल भित्र कुनै घटना भयो भने रेस्क्यु गर्न ३० मिटरको दुरीमा साइडमा अर्काे टनेल छ । त्यो रेस्स्क्यु टनेल हो । हरके ३७५ मिटरमा दुई टनेल जोडिन्छ । उक्त टनेल दुर्घटना वा अन्य आकस्मिक कामका लागि प्रयोग गरिन्छ ।

सात ठाउँँमा दुई टनेलको कनेक्सन हुन्छ । मोटामोटी मुख्य टनेलको चौडाई सामान्यतया साँढे ९ मिटर र कुनैकुनै ठाउँमा १३ मिटरसम्मको छ । रेस्क्यु (इभयाकुएसन) टनेल भने साँढे ४ मिटरको छ । कहिँकहीँ फराकिलो पनि बनाएर थप लेन राखिएको छ । 

टनेल बाहेक यो ठाउँमा आउने रोड सर्भ स्टेशन (मुख्य तल्लो प्रवेश विन्दु)मा चार लेनको सडक टनेलमा जोडिन्छ । सिस्नेखोलाबाट प्रवेश गरेको गाडीहरु माथि निस्किएपछि बलम्बुस्थित मुख्य मार्गमा जोडिने गरी सडक निर्माण भइरहेको छ । 

त्यसलाई एप्रोच रोड भनिन्छ । त्यो साँढे २ किलोमिटरको रोड हो । टनेलबाटै निसिकएको निर्माण सामग्रीहरु प्रयोग गरेर बनाइँदै छ । 

यसको मुख्य समस्या तल्लो प्रवेशविन्दु नजिकको पहिरो हो । पहिरो नियन्त्राण्को काम भइरहेको कोइरालाले बताए । त्यसमा समन्वयात्मक रुपमा काम समस्या समाधान गरी काम अघि बढाइएको बताइएको छ । 

कसरी अघि बढिरहेको छ निर्माण ?

सकिएर पेमेन्ट भइसकेको काम हेर्दा करिब ६० प्रतिशत सम्पन्न भएका छ । मुख्य टनेल खन्ने काम धेरै गाह्रो भएकाले त्यो सकिएपछि धेरै काम सकिएको देखिनै आयोजनाले जनाएको छ । टनेल खन्ने काम मात्रै चाहीँ ८३ प्रतिशत सकिएको छ । टनेल जोडिएपछि भने अन्य काम छिटो सकिन्छ । 

भित्र २४ सै घण्टा लाईट र पावर चाहिन्छ । त्यसका लागि पनि काम गर्नुपर्छ । त्यसैले टनेल जोडिएपछि पनि एक वर्षभन्दा बढी समय अन्य निर्माणमा लाग्नेछ । कोरोनाका कारण एक वर्ष समय थप भएको छ । गत अप्रिल २६ देखि आगामी वर्षको अप्रिल २६ सम्मका लागि म्याद थप भएको कोइरालाले बताए ।

सन् २०१४ बाट थालिएको थियो अध्ययन

नागढुङ्गा सुरुङमार्ग आयोजनाको अध्ययन भने २०१४ बाट शुरु भएको थियो । डिटेल डिजाइन भने २०१७ र २०१८ मा भएको हो । यसको निर्माण कार्य भने २०१९ बाट शुरु भएको थियो ।

यसको बजेट जम्मा करिब २२ अर्बको हो । त्यसमध्ये १६ अर्ब जापानको ऋण अनुदान हो  भने बाँकी नेपाल सरकरको लागत हो । जग्गा अधिग्रहणलगतयका काममा नेपालको सहयोग रहेको छ । 

शुरुमा २०१९ देखि ४२ महिनामा निर्माण सक्ने भन्ने थियो । नसकिएपछि अहिले एक वर्षका लागि म्याद थप भएको छ । २०२४ अप्रिल २६ सम्म म्याद छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved