तनहुँमा मल कारखाना खोल्न प्रस्ताव, सम्भाव्यता अध्ययन गर्न मलेशियन कम्पनीसँग सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 27, 2023 | 05:32:30 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा Green Calcium Ammonium Nitrate (CAN) मल कारखाना स्थापनाका सम्बन्धमा विस्तृत सम्भाव्यता अध्ययन (Preparation of Detailed Feasibility Study Report for Establishment of Green Calcium Ammonium Nitrate (CAN) in Nepal) का लागि लगानी बोर्ड नेपाल र reNIKOLA Sdn. Bhd.  (Malaysia) बीच आज एक समझदारीपत्र (MoU) मा हस्ताक्षर सम्पन्न भएको छ। उक्त समझदारीपत्रमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र reNIKOLA Sdn. Bhd. का Managing Director Boumhidi Abdelali ले लगानी बोर्डको कार्यालयमा हस्ताक्षर गरेका छन्।

सार्वजनिक निजी साझेदारी तथा लगानी नियमावली, २०७७ को व्यवस्था अनुसार reNIKOLA Sdn. Bhd.  ले ऊर्जाको रूपमा विद्युत शक्तिको उपयोग गरि वातावरणमैत्री प्रविधिमा आधारित भई मल उत्पादन गर्नको लागि मिति २०७९ पुस २४ गते पेश गरेको प्रस्तावका आधारमा लगानी बोर्डको मिति २०७९ चैत ३० मा सम्पन्न ५३औं बैठकले प्रस्तावकलाई अध्ययन अनुमतिपत्र प्रदान गर्ने निर्णय गरेको थियो। साथै, प्रस्तावकसँग गरिने समझदारीपत्र (MoU) को मस्यौदा मिति २०८० भदौ ८ मा सम्पन्न लगानी बोर्डको ५५औं बैठकबाट स्वीकृत भएको थियो। समझदारीपत्रको प्रावधान बमोजिम प्रस्तावक reNIKOLA Sdn. Bhd.  ले अनुमतिपत्र प्राप्त गरेको २४ महिना भित्र Detailed Feasibility Study Report लगानी बोर्डको कार्यालयसमक्ष पेश गर्नुपर्नेछ। 

तनहुँ जिल्लाको आँबुखैरेनीमा स्थापना हुने प्रस्ताव गरिएको यस परियोजनाले Electrolysis प्रविधिको प्रयोग गरी Green Ammonia र Green Calcium Ammonium Nitrate (CAN) मल तयार पार्ने अवधारणा राखेको छ। करिब २६० मिलियन अमेरिकी डलर अनुमानित परियोजना लागत रहेको यस प्रस्तावित परियोजनाबाट वार्षिक ९५,६०० मेट्रिक टन  Green Ammonia र २,८६,९७५ मेट्रिक टन Green Calcium Ammonium Nitrate (CAN) मल उत्पादन हुने प्रस्ताव गरिएको छ। 

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतज्यूले नेपालमा हरित अवधारणामा मल उत्पादन गर्ने उद्देश्य राखेको यस परियोजनाले नेपालको विद्युत लगायतका आन्तरिक स्रोतको परिचालन गरी हरित अर्थतन्त्रको विकासमा टेवा पुर्‍याउने विश्वास व्यक्त गर्दै विश्वसनीय अध्ययनले जोखिम न्यूनीकरणसहित परियोजनाको कार्यान्वयन र दिगो रुपमा सञ्चालन गर्ने मार्गचित्र प्रदान गर्ने भएकाले तोकिएको समयभित्र सम्भाव्यता अध्ययनसहितको प्रतिवेदन पेश गर्न प्रस्तावकलाई आग्रह गरे । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved