कामना सेवा विकास बैकका ग्राहक र कर्मचारीलाई मल्पी इन्टरनेशनल कलेजमा २० प्रतिशतसम्म छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 06, 2023 | 04:52:02 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंक र काठमाडौं नारायण गोपालचोक चक्रपथस्थित मल्पी इन्टरनेशनल कलेजसँग शिक्षण शुल्क छुट सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंक र कलेजबीच श’क्रबार सम्झौतामा हस्ताक्षर भएको हो ।

यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र कर्मचारी परिवारका सदस्यहरूलाई ४ वर्षको भर्ना र सेमेस्टर शिक्षण शुल्कमा २० प्रतिशत छुट र ग्राहकहरूलाई भर्ना र सेमेस्टर शिक्षण शुल्कमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved