बालेनले भने, ‘चक्रपथ सुधार आयोजना अनिश्चित बन्दा सहर सफाइमा समस्या भयो’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 13, 2024 | 02:16:37 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले चक्रपथ सुधार आयोजनाको काम अनिश्चित हुँदा धुँवा धुलो र प्रदूषण बढेको बताएका छन् । दोस्रो चरणमा हुने निर्माण प्रक्रियाको विषयमा महानगर स्पष्ट हुन चाहेको बताउँदै मेयर बालेनले लगत अवलोकनबाट निर्माण कार्यको नतिजा नदेखिएको बताएका हुन् । 

चक्रपथ अव्यवस्थित भएपछि धुँवा धुलो बढेको, सवारी साधनबाट सहरका कुनाकुनामा धुलो पुग्ने भएकोले निरन्तर सफाइ गर्दा पनि सहरलाई अपेक्षित स्वच्छ बनाउन कठिन भएको उनको भनाइ छ ।

महानगरपालिकासँग प्रत्यक्ष सम्बन्ध राख्ने आयोजना कार्यान्वयनका प्रक्रियाका विषयमा समन्वय नगरिएको र संवाद नभएको समेत उनको गुनासो छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved