कृषि सम्बन्धी नयाँ कार्यक्रम तथा रणनीतिहरु ल्याउने तयारीमा मन्त्री यादव

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 31, 2017 | 09:10:41 PM मा प्रकाशित

laxmi  sunrise bank

कृषिमन्त्री रामकृष्ण यादवले आफूले केही दिनभित्रै कृषिसम्बन्धी नयाँ कार्यक्रमहरु सार्वजनिक गर्ने भएका छन। सोमबार साक्षात्कारमा बोल्दै मन्त्री यादवले कृषि क्षेत्रलाई सवल, सुदृढ र उत्पादनमुखी बनाउनको लागि आफूले केही दिनभित्रै नयाँ कार्यक्रमहरु सार्वजनिक गर्ने जानकारी दिएका हुन। 

‘कृषि क्षेत्र राम्रो भयो भने मुलुकको आर्थिक क्षेत्रपनि सवल हुन्छ, त्यसैले यो क्षेत्रलाई सवल र उत्पादनमुखी बनाउनको लागि मैले छिट्टै अल्पकालिन, मध्यकालिन र दिर्घकालिन नीति तथा योजनाहरु सार्वजनिक गर्दैछु, म पनि किसानको छोरा हुँ' उनले भने। 

मन्त्री यादवले किसानलाई तत्काल राहत पुग्नेगरि आफूले कार्यक्रम ल्याउने स्पष्ट समेत पारे । उनले तराई मद्देशको विभिन्न जिल्लाहरुमा ५० प्रतिशतमात्रै खेती भएकोले अब यसलाई बढाउनको लागि आफूले सिँचाई लगायत अन्य कुराहरुमा समेत विशेष ध्यान दिने जनाए । उनले सुख्खा क्षेत्रमा तत्कालै आवश्यक सहयोग गर्ने तयारी भैरहेको समेत जनाए । उनले आफ्नो कार्यकालमा किसानहरुले परिवर्तनको अनुभुति पाउने विश्वास दिलाए । 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved