जित्नको लागि टिक्नुपर्छ, निरन्तर प्रयास नै सम्भावित लक्ष्यको चाबी हो

डा.बुद्धि मल्ल

डा.बुद्धि मल्ल

Jan 15, 2021 | 10:50:06 AM मा प्रकाशित

laxmi  sunrise bank

एकदिन महान बक्सिङ्ग खेलाडी मोहम्मद अलिसंग एउटा पत्रकारले सोधे – जब रिङ्गमा सम्पूर्ण दर्शकहरुलाई लाग्न थाल्छ कि अब तपांई हार्नुहुन्छ तर, तपांईले हारको मुखैमा आएर पनि जित्नुहुन्छ, यसको रहस्य के हो ? 

मोहम्मद अलि जवाफ दिन्छन् – खेलमा मात्र होईन, जब जिवनमा मैले कुनै समस्याको सामना गरिरहेको हुन्छु वा मलाई पनि जब मेरो जितमाथि शंका लाग्न थाल्छ तब म आफूले आफैलाई भन्छु – अर्काे एउटा प्रयास ... ।  एउटा अर्काे प्रयास ... । प्रयासहरु बिफल भईरहदां पनि मैले आफूलाई भनिरहेको हुन्छु कि, अर्काे एउटा प्रयास गर् ।  मेरो जितको एउटै रहस्य हो कि, मैले अन्तिम समयसम्म पनि हार मान्दिन । मैले आफूले आफूलाई भनिरहेको हुन्छु – म जित्न सक्छु, त्यसको लागि मैले केहि समय टिक्नुपर्छ, केहि बेर मार सहनुपर्छ र केहि बेर रिङ्गमा उभिन सक्नुपर्छ । मेरो सफलताको रहस्य यहि नै हो ।

जित्नको लागि टिक्न सक्नु पर्छ । मोहम्मद अलिले जित्नको लागि टिक्नुपर्छ, भन्ने सिद्धान्त अनुरुप बिपक्षी खेलाडीको कडा मुक्का खाई रिङ्गमा ढलेको अवस्थामा पनि एक पटक उठ्ने प्रयास गर्थे, एकपटक फेरी भिड्ने प्रयास गर्थे, प्रत्येक पटक उठेर भिड्ने निरन्तर प्रयास गरिरहन्थे र उनको आत्मबिश्वास र प्रयासको नजिता अनुरुप उपयुक्त मौकामा बिपक्षी खेलाडीलाई प्रहार गरिरहन्थे र अन्तत उनि बिजयी हुन्थे ।

जित्नको लागि टिक्न सक्नु पर्छ । मोहम्मद अलिले जित्नको लागि टिक्नुपर्छ, भन्ने सिद्धान्त अनुरुप बिपक्षी खेलाडीको कडा मुक्का खाई रिङ्गमा ढलेको अवस्थामा पनि एक पटक उठ्ने प्रयास गर्थे

धार्मिक ग्रन्थहरुमा भक्तहरुले देवताहरुलाई निरन्तरता र कठोर प्रयासको माध्यमद्धारा भक्ति गरेर बरदान र ऋषिमुनिहरुको प्रतिकूल मौसम तथा स्थानमा पनि कठोर र निरन्तर ध्यानबाट ज्ञान प्राप्ति गरेको पांउछौं । धार्मिक ग्रन्थहरुले मानिसले पहिले नै सफलता प्राप्त गर्नको लागि निरन्तर प्रयास गरिरहनुपर्छ । चाहे जस्तो सुकै मौसम, परिस्थितीमा पनि प्रयास गर्न छोड्नु हुंदैन ।

एउटा गांउमा खडेरी पर्यो । लामो समयसम्म पानी नपरेकोले खेतबारी सुख्खा भएर खेती गर्न नपाएपछि गांउलेहरुले अर्काे गांउबाट एकजना साधुलाई लिएर आएर पुजाआजा गरे । साधुले पुजाआजा गरेर नाच्न थालेपछि पानी पर्छ भन्ने बिश्वास थियो । साधु नाच्न थाले र उनि निरन्तर नाच्न थाले । साधु निरन्तर नाचेपछि गांउमा बर्षात भयो र गांउलेहरुले पानी परेको खुशियालीमा उत्सव मनाए । एकजना गांउलेले साधुलाई उहां नाचेपछि पानी पर्नुको रहस्यबारे बताउन आग्रह गरे । साधुले जवाफ दिए – हेर्नुस् भाई, म नांच्न शुरु गरेपछि कति समयमा पानी पर्छ भन्ने मलाई पनि थाहा हुंदैन तर, म त्यतिबेला सम्म नाच्छु, जबसम्म पानी पर्दैन र म नाच्न शुरु गर्दा नै पानी नपरेसम्म नाच्नुपर्छ भन्ने मानसिकता लिएरै नाच्न शुरु गर्छु ।

साधुको भनाईबाट स्पष्ट हुन्छ कि, उनलाई पनि नाच्न शुरु गरेको कति घण्टा वा कति दिनपछि पानी पर्छ भन्ने थाहा छैन तर, उनलाई थाहा छ कि, कुनै न कुनै बेला पानी अवश्य पर्छ र साधुले दृढ संकल्प गरेको छ कि, जस्तो सुकै परिस्थितीमा पनि पानी नपरेसम्म नाच्न छाड्दिन चाहे नाचेर खुट्टामा जति चोट लागोस्, शरिरमा जति थकाई लागेस्, पानी नपरेसम्म नाच्न छाड्नेछैन । शरिरले प्राण त्याग्ला तर, आफ्नो संकल्प त्याग्दिन, पानी नपरेसम्म नाच्न छाड्दिन ।

१९६२ मा जन्मेका अमेरिकन अल्ट्राम्याराथन धावक डिन कार्नाजेसले सन् २००५ मा ४३ बर्षको उमेरमा लगातार ८० घण्टा ४४ मिनेट दौडेर ५६० किलोमिटर दौडेर बिश्व किर्तिमान बनाएका थिए । लगातार ८० घण्टा ४४ मिनेट नसुतिकन दौडंदा उनले ठुलो संकल्प लिएका थिए र त्यस संकल्पलाई पुरा गर्नको लागि भोक, निद्रा, थकान आदि सबैलाई भुलेर निरन्तर दौडमा मात्र ध्यान दिएका थिए । सफलता त्यति सजिलै प्राप्त हुने चिज होईन, त्यसको लागि ठुलो तपस्या र सो लाई पाउनको लागि काममा निरन्तरताको आवश्यक हुन्छ भन्ने कार्नाजेसको उदाहरणबाट पनि जान्न सकिन्छ ।

सामान्यतया पानीले ढुंङ्गमा प्वाल पार्न सक्दैन तर, त्यहि पानि निरन्तर कडा चट्टानमाथि निरन्तर झरिरह्यो भने जस्तो सुकै कडा चट्टानलाई पनि प्वाल पार्न सक्छ । यस्तो कडा चट्टानमा प्वाल पर्नुको कारण पानीको वहाव ठुलो वा पानीमा शक्ति थपिएर नभई त्यहि मात्राका त्यहि शक्तिको पानीको निरन्तरता त्यस चट्टानमाथि पर्नु हो । मुसा जस्तो सानो जनावरले कडा भन्दा कडा चट्टानले बनेको पहाडलाई प्वाल पार्न सक्छ । मुसाले पहाडलाई निरन्तर खोतल्दा खोतल्दा आखिरमा पहाडमा प्वाल पार्न सक्न सफल हुन्छ ।

जसले लक्ष्यलाई पाउने दृढ संकल्प राख्छ, उसले समुन्द्रमा पनि ढुंङ्गाको पुल बनाउन सक्छ 

एउटा भनाई छ – जसले लक्ष्यलाई पाउने दृढ संकल्प राख्छ, उसले समुन्द्रमा पनि ढुंङ्गाको पुल बनाउन सक्छ । सत्ययुगमा रावणका बादर सेनाहरुले सिता मातालाई लंकामा बचाउन जांदा बाटोमा पर्ने समुन्द्र तर्नको लागि समुन्द्रमा ढुंङ्गाहरु फालेर ढुंङ्गाको पुल बनाएर समुन्द्र पार गरेर सिता मातालाई बचाएका थिए । त्यति बेला कुनै अत्याधुनिक उपकरणहरु बिना समुन्द्रमा पुल बनाउन एउटा मात्र कुराले सम्भव भएको थियो, त्यो थियो – मेहनतमा निरन्तरता । बांदर सेनाहरुले जतिसुकै थाके पनि, एकदमै निरन्तर मेहनत गरेपछि अन्तमा समुन्द्रमा पुल बनाउन सफल भएका थिए ।

जब आंधी बर्षात हुंदा बर्सिन्छ, तब उसले बर्षात बाट मेघ गर्जाएर बिजुली चम्काउने जिद्ध गरेको हुन्छ र बिजुली नचम्काएसम्म निरन्तर बहिरहन्छ र अन्तत बिजुली चम्किएपछि मात्रै बिश्राम लिन्छ । निरन्तर वगिरहने भएकोले नदिलाई सबैले पुज्छन भने निरन्तर नबग्ने भएकोले पोखरीमा लेउ लाग्छ अनि गाईभैसी आहाल बस्छन् । मानिस जतिसुकै जान्ने बुझ्ने र दक्षवान भएतापनि यदि उसले निरन्तर प्रयास गरेन भने सफलता प्राप्त गर्न सक्दैन । जिवनमा सफलता प्राप्त गर्नको लागि निरन्तर प्रयास गर्नु आवश्यक हुन्छ ।

ब्रिटेनका पूर्व प्रधानमन्त्रि तथा महान रणनितज्ञ विन्सटन चर्चिलले मानिसले कुनै पनि काममा लक्ष्य प्राप्तिको लागि निरन्तर प्रयास गर्नु उक्त लक्ष्यको सम्भावित ढोकाको चाबी खोल्नु जस्तै हो भनेर भनेका छन् । उनले लक्ष्य प्राप्तिको लागि निरन्तर प्रयास गर्नु मानिसको बुद्धिमत्तता वा वलियो पक्ष नभई यो त नभई नहुने चिज अर्थात सम्भावित लक्ष्यको ढोकाको चाबी हो, चाबी खोलेपछि मात्रै ढोका खुल्ने भएजस्तै निरन्तर प्रयास गरे मात्र सम्भावित लक्ष्यको ढोका खोल्ने चाबि प्राप्ति हुन्छ भने निरन्तर प्रयासले मात्र सफलता प्राप्त हुन्छ भन्ने सन्देश दिएका छन् ।

चाबी खोलेपछि मात्रै ढोका खुल्ने भएजस्तै निरन्तर प्रयास गरे मात्र सम्भावित लक्ष्यको ढोका खोल्ने चाबि प्राप्ति हुन्छ भने निरन्तर प्रयासले मात्र सफलता प्राप्त हुन्छ

जिन्दगीमा सफलता सजिलै प्राप्त नहुने भएकोले लक्ष्य प्राप्त गर्ने क्रममा बिभिन्न कठिनाईहरु आउन सक्छन् , बिभिन्न पटक हारको सामना गर्नुपर्ने हुनसक्छ भने बिभिन्न पटक हारको नजिक पुग्न सकिन्छ तर, पटक पटक नसोंचेको बाद्या तथा कठिनाईहरु आंउदा समेत त्यतिकै हरेश खाएर, रोएर बस्नु भन्दा पटक पटक कोशिस गरिरहे एकपटक सफलता अवश्य प्राप्त हुन सक्छ । हर पटक बाद्या एवं कठिनाईहरु आंउदा कम्तिमा एकपटक पुन प्रयास गर्ने प्रयत्न गर्नुपर्छ । निरन्तर प्रयास पछि प्राप्त भएको लक्ष्य अर्थात फल पनि उत्तिकै मिठो हुन्छ र हामिलाई आनन्द पनि लाग्छ जसले हामिमा आत्मबिश्वास पनि बढांउछ अनि अनुहारमा चमक पनि बढाउंछ । निरन्तर प्रयासले हिंजोको सपनालाई भोलि बास्तविकतामा बदल्न सक्छ । जित्नकौ लागि टिक्नुपर्छ । निरन्तर प्रयास नै सम्भावित लक्ष्यको चाबी हो, सफलताको मुख्य चाबी हो ।

लेखक बुद्धि मल्ल बैंकर हुन्।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved