आजदेखि एचआईडीसीएलको १ करोड ७८ लाख कित्ता शेयर लिलाममा, यी हुन् आवेदन दिने १७ ठाउँ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 07, 2024 | 04:58:23 PM मा प्रकाशित

laxmi  sunrise bank

हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल)ले आज चैत्र २५ गतेदेखि हकप्रदमा अवितरित हकप्रद शेयर लिलाममा ल्याएको छ । कम्पनीले यस अघि शेयर लिलाम गर्दा बिक्री नभएको संस्थापक समुहको १ करोड ७८ लाख ४० हजार १४० कित्ता शेयर फेरी लिलाममा ल्याएको हो ।

कम्पनीको यी सेयरमा जो कोही व्यक्ति, संस्था वा कम्पनीले बैशाख ९ गतेभित्र आवेदन दिन सक्ने छन् ।  आवेदन दिनको लागि उपत्यका भित्र र बाहिर निम्न केन्द्र तोकिएको छ  । 


कम्पनीले यी शेयरको न्युनतम मूल्य प्रतिकित्ता मूल्य १०० रुपैयाँ तोकेको छ । त्यसैले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । साथै, बोलपत्र फाराम शिलबन्दी गरिएको हुनुपर्नेछ । बोलपत्र आवेदन फाराममा आफुले लिन चाहेको शेयर संख्या तथा प्रति कित्ता दर अंक र अक्षरमा स्पष्ट लेख्नुपर्नेछ । अंक र अक्षरमा लेखेको फरक भएमा अक्षरमा लेखेकोलाई मान्यता दिईनेछ । त सम्पूर्ण विवरण स्पष्ट रुपमा अनिवार्य उल्लेख गर्नुपर्नेछ ।

बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ता वा सो भन्दा बढीको लागि अधिकतम सम्पूर्ण शेयर संख्याको लागि आवेदन दिन सकिने छ । तर शेयर खरीद गर्न आवेदन गरेको कुल शेयर कित्ता जोड्दा सम्बन्धित नियमकारी निकायले एउटा व्यक्ति वा संस्थाले खरीद गर्न वा राख्न पाउने भनी तोकेको अधिकतम सीमा भन्दा बढी नहुने गरी पेश गर्नु पर्नेछ । दशमलवमा ( खण्डित रुपमा ) आउने गरि शेयर आवेदन गर्न पाइने छैन । ५ लाख रुपैयाँसम्मको आवेदन दिनेले स्वेच्छिक रुपमा र ५ लाख रुपैयाँ भन्दा बढी रकमको आवेदन दिनेले अनिवार्य रुपमा आफ्नो प्यान नं। आवेदन फारममा उल्लेख गर्नुपर्नेछ ।

शेयर आवेदन फाराम नेपाली तथा अंग्रेजी भाषामा पूर्ण रुपले भरी बोलपत्रदाताले बोलपत्र आवेदन साथ आफुले खरीद गर्न चाहेको शेयरको जम्मा मूल्यको सम्पूर्ण रकम ग्लोबल आइएमई क्यापिटल लिमिटेडको नाममा तल उल्लेख गरे बमोजिमको बैंक खातामा जम्मा गरेको सक्कल नगद भौचर संलग्न गर्नुपर्नेछ ।

प्राप्त बोलपत्रहरुको छानविन गरी रितपूर्वक प्राप्त बोलपत्रहरुमध्ये सबैभन्दा बढी बोलकबोल गर्ने आवेदकलाई शेयर बाँडफाँट हुनेछ। यसबाट पनि शेयर बाँकी रहेमा त्यसपछिको बढी रकम कबोल गर्नेलाई क्रमशः बाँडफाँट गरिने छ । बोलकबोलमा शेयर बिक्री गर्दै जाँदा एउटै मूल्यमा दुई वा दुई भन्दा बढी बोलपत्र आवेदनहरु पर्न गई बाँडफाँट हुन बाँकी शेयर भन्दा बढीको माग भएमा माग गरेको शेयरको आधारमा समानुपातिक रुपमा शेयर बाँडफाँड गरिनेछ । यसरी समानुपातिक रुपमा बाँडफाँड गर्दा समेत केही शेयर बाँकी रहन गएमा निष्काशन कम्पनीको सञ्चालक समितिको निर्णयानुसार हुने कम्पनीले जनाएको छ ।

बाँडफाँड गरिएको शेयर नेप्सेमा hidclp सिम्बलबाट कारोबार हुने छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved