साउन १ देखि नयाँ सवारी प्रदूषण मापदण्ड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 27, 2019 | 01:20:02 PM मा प्रकाशित

laxmi  sunrise bank

नयाँ आर्थिक बर्षदेखि सवारीसाधनको प्रदुषण मापदण्डको स्तरोन्नति हुने भएको छ। नेपाल सवारी प्रदूषण मापदण्ड-२०६९ स्तरोन्ती गरि नेपाल सवारी प्रदूषण मापदण्ड-२०७५ लागू गरिने भएको हो। 

नेपालमा पहिलो पटक २०५६ मा युरो-१ लागु भएको थियो। त्यसपछि भारतमा निर्माण भएका मापदण्ड बिपरितका गाडी नेपाल भित्रिएको भन्दै सरकारले युरो-२ लागू नगरी २०६९ मा युरो-३ (नेपाल सवारी प्रदूषण मापदण्ड-२०६९) लागू गरेको हो। नेपालमा युरो स्ट्यान्डर्डलाई नै आधार मानेर सवारी प्रदूषण मापदण्ड तय हुँदै आएको छ।

बिगत ३-४ बर्षदेखि सवारी प्रदूषण मापदण्डको स्तरोन्नति हुन नसकेको भन्दै आलोचना बढेपछि सरकारले नयाँ आर्थिक बर्षदेखि सवारीसाधनको प्रदुषण मापदण्डको स्तरोन्नति गर्न लागेको हो। सवारीसाधनको प्रदुषण मापदण्डको स्तरोन्नति गर्नलाई गठित कमिटिले प्रारम्भिक अध्ययन गरिसकेको जनाइएको छ।

कमिटिले उक्त प्रतिबेदन बातावरण मन्त्रालयलाई बुझाएपछि मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँगको समन्वयमा नयाँ मापदण्ड पास गरी राजपत्रमा प्रकाशित गर्ने छ । त्यसपछि मात्र नयाँ सवारी प्रदूषण मापदण्ड युरो–४ लागू हुनेछ । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved