एफजेड राइड विथ रोडिजलाई यामाहाको सम्मान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 14, 2019 | 02:57:56 PM मा प्रकाशित

laxmi  sunrise bank

यामाहा एफजेड राइड विथ रोडिज् टु लोमान्थाङ यात्राको टोलिलाइ यामाहाले सम्मान गरेको छ । मुस्ताङको लोमानथाङ हुँदै चीन जोड्ने केरला नाकासम्म पुगेर फर्किएको टोलिलाइ आज सम्मानित गरिएको हो ।

९ दिनसम्म चलेको यात्रा बैशाख २१ गते काठमाडौँबाट सुरु भएको थियो । उक्त यात्रा पोखरा, कालोपानि, छुक्साङ, लोमान्थाङ, कागबेनी, तातोपानी, पोखरा भएर आइतबार काठमाडौं आइपुगेको हो । ९ दिनको यात्रामा १३ जना एफजि राइडरहरुले १३०० किमि दुरि पार गरेका छन ।  यात्राको आयोजना यामाहाको नेपालका लागि आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेजले गरेको थियो । टुरमा हिमालयन रोडिजको निर्णायक  रेमनदास श्रेष्ठ र दिया मास्के सहभागी थिए ।


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved