यस्ता छन सन्दीप चढ्ने बाइकको बिशेषता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 15, 2019 | 01:21:52 PM मा प्रकाशित

laxmi  sunrise bank

चर्चित क्रिकेटर सन्दीप लामिछानेले आइपिएल खेलेर फर्किएपछि बीएमडब्ल्युको बाइक किनेका छन् । उनले १० लाख बराबरको मुल्य पर्ने बाइक खरिद गरेका हुन ।

आइपिएल खेलेर आइतबार स्वदेश फर्किएका लामिछानेले मंगलबार उक्त बाइक खरिद गरेका हुन । मंगलबार फेसबुकमा बाइकसहितको फोटो राख्दै उनले आफ्नो परिवारमा नयाँ सदस्य थपिएको भनेर लेखेका छन । बिएमडब्लुको आधिकारिक बिक्रेता हिमालयन मोटराडको नक्साल सोरूमबाट उनले बाइक खरिद गरेका हुन् ।

बीएमडब्ल्युले केही वर्ष यता युवाहरुलाई लक्षित गरेर बाइकहरु उत्पादन गरिरहेकोे छ । कम्पनिको यि बाइकहरुमा ३१३ सिसि लिक्विड कुल्ड सिंगल सिलिन्डर इन्जिन क्षमता रहेको उक्त बाइकले ३४ एचपि पावर तथा २८ एनएम टर्क जेनेरेट गर्छ । बाइकको हाइ स्पिड १४४ किमि प्रतिघण्टा रहेको छ । बाइकमा एबीएस, अपसाइड डाउन टेलिस्कोपिक फोर्क, ६–स्पिड  गियरबक्स, एलईडी रियरलाइट र अन्य विभिन्न फिचर उपलब्ध छन् । उक्त मोडलकोबाइकको मूल्य नेपाली बजारमा ९ लाख ७५ हजार रूपैयाँ पर्छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved