नेपाली बजारमा होण्डाका ८ बाइक , यस्ता छन् मुल्य, विशेषता र अफर

दिलिप खड्का

दिलिप खड्का

May 28, 2019 | 01:29:37 PM मा प्रकाशित

laxmi  sunrise bank

दुइ पाङग्रे सवारी साधन आम सर्वसाधारणका लागि अनिवार्य आवश्यकताको साधन बनिसकेको छ। यसका प्रयोगकर्ताहरु पनि दिनानुदिन बढ्दै गइरहेका छन् ।

बजारमा बिभिन्न कम्पनीका थुप्रै मोडलहरुको बाइक तथा स्कुटर उपलब्ध छन् । बजारमा नाम चलेका कम्पनीहरु मध्ये एउटा ब्राण्ड हो होण्डा। 

होन्डा बिश्वकै ठुलो दुइ पाङग्रे सवारी साधन उत्पादक कम्पनी हो । होन्डाले नेपालमा सन् १९६८ बाट आफ्नो उत्पादन बिक्रि गर्न थालेको हो । ज्योति ग्रुप नेपालको लागि होण्डाको आधिकारिक बिक्रेता हो । सुरुमा ज्योति ग्रुपले ११ वटा बाइक भित्रयाएर बिक्रि सुरु गरेको थियो । ११ वटा मोटरसाइकल भित्रयाएर बिक्रि सुरु भएको होण्डा आज स्याकार ट्रेडिङ मार्फत बार्षिक ६० हजार मोटरसाइकल तथा स्कुटरको कारोबार गर्न कम्पनी बनेको छ ।  

स्याकार ट्रेडिङले सन् २००२ बाट चारपाङग्रे गाडिहरुको बिक्रि सुरु गरेको हो । धोबिघाटमा सन् २००२ मा होण्डाको सोरुम उद्घाटन गरेर होण्डाल कारको बिक्रि प्रारम्भ गरेको थियो । स्याकार ट्रेडिङले ट्राफिक सुरक्षा सावधानि अपनाउन २०१० देखि स्याकार सेफ्टि राइडिङ ट्रेनिङ सेन्टर ग्वार्कोमा सुरु गरेको छ । 

यस्ता छन् बजारमा उपलब्ध होण्डाका बाइक हरु : 

 होण्डा एक्स ब्लेड

बाइकको ४ स्ट्रोक, एयर कुल्ड बि एस आइभि १६२।७१ सिसिको इन्जिनले १३।३ बिएचपि पावर तथा १३।९ एनएम टर्क जेनेरेट गर्छ । यसको अलवा बाइकमा १२ लि क्षमताको फ्युल ट्याङक, १४० केजि तौल, १३४७ एमएम व्हिलवेश, रोबो फेस लिड हेडल्याम्प, डुअल आउटलेट मफलर, ट्युवलेश टायर, डिस्क । ड्रम ब्रेक, टेलिस्कोपिक र मोनोसक सस्पेन्सन लगाएतको बिशेषता रहेको छ । यसको मुल्य नेपालि बजारमा २ लाख ८८ हजार ९ सय रुपैँया रहेको छ । 

होण्डा सिबि साइन एसपि डिआरएम

बाइकको १२४।७३ सिसिको इन्जिनले १०।१६ बिएचपि पावर तथा १०।३ एनएम टर्क जेनेरेट गर्छ । यसको अलवा बाइकमा १०।५ लि क्षमताको फ्युल ट्याङक, १२३ केजि तौल, १२६६ एमएम व्हिलवेश, डिजिटल मिटर, ५ स्पिड ट्रान्समिसन गेयरबक्स, अटोमेटिक हेडल्याम्प, स्पिलिट अलोय व्हिल, मफलर कभर, ट्युवलेश टायर, ड्रम ब्रेक लगाएतको बिशेषता रहेको छ । यसको मुल्य नेपालि बजारमा २ लाख २८ हजार ९ सय रुपैँया रहेको छ । 

होण्डा सिबि साइन एसपि डिएसएस

बाइकको १२४।७३ सिसिको इन्जिनले १०।१६ बिएचपि पावर तथा १०।३ एनएम टर्क जेनेरेट गर्छ । यसको अलवा बाइकमा १०।५ लि क्षमताको फ्युल ट्याङक, १२३ केजि तौल, १२६६ एमएम व्हिलवेश, डिजिटल मिटर, ५ स्पिड ट्रान्समिसन गेयरबक्स, अटोमेटिक हेडल्याम्प, स्पिलिट अलोय व्हिल, मफलर कभर, ट्युवलेश टायर, डिस्क ब्रेक लगाएतको बिशेषता रहेको छ । यसको मुल्य नेपालि बजारमा २ लाख ३३ हजार ९ सय रुपैँया रहेको छ । 

होण्डा सिबि हर्नेट १६० आर न्यु

बाइकको ४ स्ट्रोक, एयर कुल्ड बि एस आइभि १६२।७१ सिसिको इन्जिनले १३।३ बिएचपि पावर तथा १३।९ एनएम टर्क जेनेरेट गर्छ । यसको अलवा बाइकमा १२ लि क्षमताको फ्युल ट्याङक, १४० केजि तौल, १३४६ एमएम व्हिलवेश, ५ स्पोक स्पिड अलोय व्हिल, रोबो फेस लिड हेडल्याम्प, कम्प्याक्ट मफलर, ट्युवलेश टायर, डिस्क । ड्रम ब्रेक, टेलिस्कोपिक र मोनोसक सस्पेन्सन लगाएतको बिशेषता रहेको छ । यसको मुल्य नेपालि बजारमा ३ लाख ३ हजार ९ सय रुपैँया रहेको छ । 

होण्डा सिडि ड्रिम डिएलएक्स 

बाइकको १०९।१९ सिसिको इन्जिनले ८।२५ बिएचपि पावर तथा ८।६३ एनएम टर्क जेनेरेट गर्छ । यसको अलवा बाइकमा १२ लि क्षमताको फ्युल ट्याङक, १४० केजि तौल, होण्डा इको टेक्नोलोजि, १२५८ एमएम व्हिलवेश, ५ स्पोक स्पिड अलोय व्हिल, रोबो फेस लिड हेडल्याम्प, कम्प्याक्ट मफलर, ट्युवलेश टायर, ड्रम ब्रेक, टेलिस्कोपिक फर्क र स्प्रिङ लोडेड हाइड्रोलिक सस्पेन्सन लगाएतको बिशेषता रहेको छ । यसको मुल्य नेपालि बजारमा १ लाख ७८ हजार ९ सय रुपैँया रहेको छ । 

होण्डा सिबि साइन डिआरएस 

बाइकको १२४।०७ सिसिको इन्जिनले १०।५७ बिएचपि पावर तथा १०।३० एनएम टर्क जेनेरेट गर्छ । यसको अलवा बाइकमा १०।५ लि क्षमताको फ्युल ट्याङक, १२३ केजि तौल, होण्डा इको टेक्नोलोजि, १२६६ एमएम व्हिलवेश, अटोमेटिक हेडल्याम्प, क्रोम फिनिस मफलर, ट्युवलेश टायर, ड्रम ब्रेक, टेलिस्कोपिक फर्क र स्प्रिङ लोडेड हाइड्रोलिक सस्पेन्सन, ५ स्टेप एड्जस्टेबल सस्पेन्सन लगाएतको बिशेषता रहेको छ । यसको मुल्य नेपालि बजारमा २ लाख ५ हजार ९ सय रुपैँया रहेको छ । 

होण्डा सिबि साइन डिएसएस 

बाइकको १२४।०७ सिसिको इन्जिनले १०।५७ बिएचपि पावर तथा १०।३० एनएम टर्क जेनेरेट गर्छ । यसको अलवा बाइकमा १०।५ लि क्षमताको फ्युल ट्याङक, १२३ केजि तौल, होण्डा इको टेक्नोलोजि, १२६६ एमएम व्हिलवेश, अटोमेटिक हेडल्याम्प, क्रोम फिनिस मफलर, ट्युवलेश टायर, डिस्क ब्रेक, टेलिस्कोपिक फर्क र स्प्रिङ लोडेड हाइड्रोलिक सस्पेन्सन, ५ स्टेप एड्जस्टेबल सस्पेन्सन लगाएतको बिशेषता रहेको छ । यसको मुल्य नेपालि बजारमा २ लाख १२ हजार ९ सय रुपैँया रहेको छ । 

होण्डा सिबि युनिकर्न 

बाइकको १६२।७१ सिसिको इन्जिनले १३।८२ बिएचपि पावर तथा १३।९२ एनएम टर्क जेनेरेट गर्छ । यसको अलवा बाइकमा १२ लि क्षमताको फ्युल ट्याङक, १३४ केजि तौल, होण्डा इको टेक्नोलोजि, १३२४ एमएम व्हिलवेश, अटोमेटिक हेडल्याम्प, एलिगेन्ट मफलर, ट्युवलेश टायर, डिस्क । ड्रम ब्रेक, टेलिस्कोपिक फर्क र मोनोसक, मोनो सस्पेन्सन, भिस्कस एयर फिल्टर लगाएतको बिशेषता रहेको छ । यसको मुल्य नेपालि बजारमा २ लाख ७२ हजार ९ सय रुपैँया रहेको छ । 

होण्डा एक्स आर १९० एल

बाइकको एयर कुल्ड सिङगल सिलिण्डर एसओएचसि १८४।४ सिसिको इन्जिनले १५।६ एचपि पावर तथा १५।७ एनएम टर्क जेनेरेट गर्छ । यसको अलवा बाइकमा १२ लि क्षमताको फ्युल ट्याङक, पिजिएम एफ आइ पावर, इग्निसन सिस्टम, ह्यान्डल बार, १२३ केजि तौल, १३५१ एमएम व्हिलवेश, ट्युवलेश टायर, डिस्क ब्रेक, टेलिस्कोपिक फर्क र १६१ एमएम एक्सल ट्राभल तथा मोनोसक स्विङ आर्म, मोनो सस्पेन्सन, भिस्कस एयर फिल्टर लगाएतको बिशेषता रहेको छ । यसको मुल्य नेपालि बजारमा ५ लाख ९४ हजार ९ सय रुपैँया रहेको छ । 

होण्डा एक्स आर १५० एल

बाइकको १५० सिसिको इन्जिनले १२।१४ एचपि पावर तथा १२।५ एनएम टर्क जेनेरेट गर्छ । यसको अलवा बाइकमा १२ लि क्षमताको फ्युल ट्याङक, १२९ केजि तौल, २४५ एमएम ग्राउण्ड क्लियरेन्स, ट्युवलेश टायर, डिस्क ब्रेक, टेलिस्कोपिक फर्क र सिङगल सक स्विङ लगाएतको बिशेषता रहेको छ । यसको मुल्य नेपालि बजारमा ४ लाख ८४ हजार ९ सय रुपैँया रहेको छ । 

होण्डा सिबिआर २५० आर एबिएस

बाइकको सिङगल सिलिण्डर २४९।६  सिसिको इन्जिनले २६।५ एचपि पावर तथा २२।९ एनएम टर्क जेनेरेट गर्छ । यसको अलवा बाइकमा १३ लि क्षमताको फ्युल ट्याङक, १२९ केजि तौल, १४५ एमएम ग्राउण्ड क्लियरेन्स, ट्युवलेश र अलोय टायर, एबिएस, ६ गेयर टेलिस्कोपिक फर्क र स्प्रिङ लोडेड हाइड्रोलिक, १३५ किमि प्रतिघण्टा उच्च गति लगाएतको बिशेषता रहेको छ । यसको मुल्य नेपालि बजारमा ७ लाख ६१ हजार ९ सय रुपैँया रहेको छ । 

फाइनान्स सुबिधा

होण्डाले आफ्नो मोटरसाइकल र स्कुटरको ग्राहकको लागि २ प्रकारको फाइनान्स सुबिधाको ब्यबस्था गरेको छ । १ बर्ष र २ बर्षको फाइनान्सको सुबिधा होण्डाले प्रदान गरिरहेको छ । ज्योति ग्रुपको आफ्नै फाइनान्स कम्पनी स्याकार ट्रेडिङ कम्पनीले होण्डाको दुइपाङग्रे सवारी किन्ने ग्राहकहरुलाइ  फाइनान्स सुविधा प्रदान गरिराखेको छ । 

१ बर्ष फाइनान्स सुविधा लिने ग्राहकहरुले ६० प्रतिशत डाउनपेमेन्ट गर्दा १३.५ प्रतिशत ब्याज, ५० प्रतिशत डाउनपेमेन्ट गर्दा १४.५ प्रतिशत ब्याज, ४० प्रतिशत डाउनपेमेन्ट गर्दा १५.५ प्रतिशत ब्याज तिनुृपर्ने हुन्छ । 

२ बर्ष फाइनान्स सुविधा लिने ग्राहकहरुले ६० प्रतिशत डाउनपेमेन्ट गर्दा १४ प्रतिशत ब्याज, ५० प्रतिशत डाउनपेमेन्ट गर्दा १५ प्रतिशत ब्याज, ४० प्रतिशत डाउनपेमेन्ट गर्दा १६ प्रतिशत ब्याज तिनुृपर्ने हुन्छ ।

१२५ सिसि सम्मको मोटरसाइकलमा न्युनतम डाउनपेमेन्ट ४० प्रतिशत सम्म गर्दा हुन्छ तर १२५ सिसि भन्दा माथिको मोटरसाइकलमा न्युनतम ५० प्रतिशत डाउनपेमेन्ट फाइनान्स सुविधा लिने ग्राहकहरुले तिर्नुपर्ने स्याकार ट्रेडिङले जनाएको छ । 

अफरहरु 

होण्डाको मोटरसाइकल वा स्कुटर खरिद गर्दा ग्राहकहरुले स्क्रयाच कार्ड प्राप्त गर्छन् जसबाट ग्राहहरुले ४ हजारदेखि रु ५ लाखसम्मको स्योर सट छुट, ५ बर्ष सम्मको लागि स्पेयर पार्टसमा १० प्रतिशत छुट, ५ बर्षसम्मको निशुल्क सर्भिसिङ लगाएतको सेवा प्राप्त गर्न सक्नेछन् ।


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved