प्रदेश ३ मा सवारी धनिले कुन सवारीको कति तिर्नुपर्छ कर ?

दिलिप खड्का

दिलिप खड्का

Jun 28, 2019 | 11:59:57 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रदेश नम्बर ३ सरकारले असार १ गते ल्याएको बजेटमा सवारी साधनमा लाग्ने करको दर तोकेको छ । संविधानमा ब्यबस्था भए बमोजिम सवारीसाधनको वार्षिक कर प्रदेश सरकारले तोकेको हो । करबाट उठ्ने राजश्व स्थानीय तह र प्रदेश सरकारले बाँडेर लिने स्पष्ट कानुनी ब्यबस्था छ । केन्द्र सरकारले सवारीसाधन आयात गर्दा लाग्ने भन्सार कर लिने गरेको छ ।

दुइपांग्रे र चारपांग्रे सवारी तथा अन्य सवारी साधनमा इन्जिन क्षमताको आधारमा करको दर तोकिएको छ । 

प्रदेश सरकारले कार, जिप, भ्यान र माइक्रोबसमा इन्जिन क्षमताको आधारमा कर तोकेको छ । कार, जिप, भ्यान र माइक्रोबस एक हजार सिसिसम्मको इन्जिन क्षमता भएकोले २० हजार ९ सय रुपैँया, १००१ देखि १५०० सिसिसम्मको इन्जिन भएकोले २३ हजार एक सय, १५०१ देखि २००० सिसिसम्मको इन्जिन भएकोले २५ हजार ३ सय, २००१ देखि २५०० सिसिसम्मको इन्जिन भएकोले ३५ हजार २ सय, २५०१ देखि २९०० सिसिसम्मको इन्जिन भएकोले ४० हजार ७ सय र २९०१ सिसिभन्दा माथिको इन्जिन भएकोले ५८ हजार ३ सय रुपैँया बार्षिक कर बुझाउनुपर्नेछ ।

डोजर, एक्साभेटर, लोडर, रोलर, ट्रिपर तथा क्रेन जस्ता मेशिनरी उपकरणले बार्षिक रुपमा ३८ हजार ५  सय रुपैँया कर तिर्नुपर्नेछ । साथै मिनीटिपरले २७ हजार ५ सय रुपैँया तिर्नुपर्नेछ ।

कृषि प्रयोजनका लागि प्रयोग हुने ट्रयाक्टरले ५ हजार तथा पावर टिलरले ३ हजार ३ सय रुपैँया कर तिनुपर्नेछ । यदि उक्त साधन गैर कृषि कार्यको लागि प्रयोग गर्दा १५ हजार रुपैँया बार्षिक कर तिर्नुपर्नेछ ।

चार पांग्रे साधन मीनिट्रक वा मिनिबसको २४ हजार २ सय तथा ट्रक वा बसको ३३ हजार रुपैँया बार्षिक कर लाग्नेछ ।

दुई पांग्रे सवारी साधनलाई पनि इन्जिन क्षमताको आधारमा करको दर तोकिएको छ । १२५ सिसिसम्मको मोटर साइकलले २७ सय ५० रुपैँया, १२६ सिसिदेखि २५० सिसिसम्मको मोटर साइकलले ४ हजार ४ सय रुपैँया, २५१ सिसिदेखि ४०० सिसिसम्मको मोटर साइकलले ८ हजार ८ सय रुपैँया, ४०१ सिसिदेखि ६५० सिसिसम्मको मोटर साइकलले १६ हजार ५ सय रुपैँया ६५१ सिसिभन्दा माथिको मोटर साइकलले २५ हजार १ सय रुपैँया बार्षिक कर बुझाउनुपर्नेछ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved