साझाले बेच्यो ५ सय बिद्युतिय कार्ड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 28, 2019 | 12:32:01 PM मा प्रकाशित

laxmi  sunrise bank

साझा यातायातले अहिलेसम्म पाँच सय विद्युतीय कार्ड बिक्री गरेको छ । साझाले आफ्ना सबै बसमा ‘ई–टिकेटिङ’ सेवा लागु गरेपछि यात्रुहरुले सहजताका लागि कार्ड खरिद गरेका हुन् । नियमित रुपमा साझा बस चढ्ने यात्रुहरुले उक्त विद्युतिय कार्ड मार्फत भाडा तिर्न सक्छन् ।

यात्रुले बसमा कार्यरत सहचालक वा साझा यातायातको पुल्चोकस्थित कार्यालयबाट कार्ड खरीद गर्न सक्छन् । “रु २०० को कार्ड किन्दा यात्रुले रु २०० नै पाउने ” संस्थाका व्यवस्थापक महेन्द्रराज पाण्डेयले बताए ।

कार्डको प्रयोग गर्दा यात्रुसँग सहचालकलाई दिने जति ठिक्क छ छैन वा बसले बढी भाडा लिन्छ भन्ने चिन्ता नहुने साझाले जनाएको छ । यात्रुहरु आकर्षित भइरहे पनि अरू बसले पनि यो सेवा शुरु गरेपछि नै यसको प्रयोग व्यापक बन्दै जाने पाण्डेयले बताए । 

नियमित रुपमा बसमा यात्रा गर्ने कर्मचारी तथा विद्यार्थीलगायतलाई यो सेवाले फाइदा पुगेको पाण्डेले बताए । 

 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved