निसान गाडी किन्दा ५ लाख सम्म छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 01, 2019 | 11:03:21 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपालका लागी निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटो कर्पले मनसुन एक्सचेन्ज मेला आयोजना गरेको छ। मेलामा ग्राहकहरुले सिमित अवधि सम्म बिशेष छुट प्राप्त गर्न सक्नेछन् ।

मेलामा ग्राहकले बिभिन्न अफरहरुमा रू ५ लाख सम्मको छूट, रू ३ लाखसम्मको एक्सचेन्ज बोनस, रू २५,००० सम्मको लोयल्टी बोनस, रू २७,००० मुल्य बराबरको गाडी एक्सेसरीजहरु, १ वर्ष सम्मको नि : शुल्क बाटो कर, ३ वर्षसम्म नि : शुल्क सर्भिसिङका साथै ३ वर्षको वारेन्टीको सेवा आदि प्राप्त गर्न सक्नेछन् । 

मेलामा पुराना गाडीको अनुगमन गरी उचित मूल्याङ्कन र किस्ताबन्दीको सुविधा पनि तुरून्तै प्राप्त गर्न सकिने आयोजकले जनाएको छ। टेस्ट ड्राइभ गर्दा पनि ग्राहकहरुले उपहारहरु प्राप्त गर्न सक्नेछन् ।

मेला असार १६ देखि असार २२ गते सम्म देशभरी सन्चालन हुने पायोनियरले जनाएको छ।  

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved