नाडा प्रतिनिधि मण्डलसँग अर्थसचिव ढुंगाना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 20, 2020 | 05:34:35 PM मा प्रकाशित

laxmi  sunrise bank

अटोमोबाइल्स डिलर्स एसोसियसन नाडाको प्रतिनिधि मण्डलले अर्थ मन्त्रालयका सचिव शिशिर ढुङ्गानासँग भेट गरेको छ । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको १० सदस्यीय मण्डलले सचिव ढुङ्गानासँग भेटवार्ता गरेको हो । 

भेटमा फेयर ट्रेड, सवारी साधन तथा स्पेयर पार्टसको आयातको सन्दर्भमा देखिएका समस्याबारे नाडा प्रतिनिधिमाण्डलले सचिव ढुंगानाको ध्यानाकर्षण गराएको छ । भेटमा नाडाका महासचिव सुनिल रिजालले स्पेयर पार्टसको व्यवसायलाई स्वच्छ व्यवसाय बनाउनेबारे धारणा राखेका थिए ।

सचिव ढुङ्गानाले भन्सार भीसीटीएस र करका सम्बन्धमा नाडाले प्रशिक्षण कार्यक्रम संञ्चालन गरिरहेकोमा धन्यवाद दिँदै त्यसका लागि आवश्यक हुने विज्ञ मन्त्रालयबाटै पठाउने आश्वासन समेत दिए । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved