किया सोनेट गाडीको तस्बिर सार्वजनिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 24, 2020 | 07:21:47 PM मा प्रकाशित

laxmi  sunrise bank

किया मोटर्स कर्पोरेसनको पूर्ण स्वामित्वको भगिनी संस्था किया मोटर इन्डियाले बिहीबार नयाँ किया सोनेट कम्प्याक्ट एसयुभीको पहिलो तस्बिर सार्वजनिक गरेको छ । सोनेटको अवधारणा पहिलो पटक २०२० दिल्ली अटो एक्स्पोमा सार्वजनिक गरिएको हो ।

सार्वजनिक गरिएको नयाँ तस्बिरका साथ सोनेटले आगामी हिउँदमा बजारमा आउँदा डिजाइनको नयाँ मानक स्थापना गर्नुका साथै कम्प्याक्ट एसयुभी सेग्मेन्टमा नयाँ गतिशीलता थप्ने लक्ष्य लिएको जनाएको छ । 

किया सोनेटले चित्ताकर्षक डिजाइनलाई प्रिमियम र ताजाअपिलसँगएकाकार गर्दै उक्त ब्रान्डको डिएनएलाई जोड दिएको छ । ‘नयाँकिया सोनेटका साथ कम्प्याक्ट एसयुभीमा धेरै ठूला बाहनमा मात्रपाइने एउटा सशक्त र मजबुत विशेषता दिने आकांक्षा रहेको कम्पनीले जनाएको छ । हामीले नयाँकिया सोनेटको सबै पक्षमाकुनै सम्झौतानगरी ध्यानदिनुका साथै भारतमाहाम्रा डिजाइनरले फेलापार्न सक्ने उत्कृष्ट सांस्कृतिक सम्पदाबाट प्रभािवत रङ र मेटेरियल छनोट गरेका छौं,’ कियामोटर कर्पोरेसनको किया डिजाइन सेन्टरका प्रमुख तथा सिनियर भाइस प्रेसिडेन्ट करिम हबिबले भने, ‘समग्रमाहामीनयाँकिया सोनेट हाम्रायुवाहरुकालागिलोभलाग्दो विशेषतासहितको शानदार एसयुभीहुनेछ भन्ने विश्वास गर्दछौं ।’

सन् १९४४ मा स्थापित कियाले अहिले वार्षिक ३० लाख गाडी विश्वका १९० मुलुकमा बिक्री गर्ने गरेको छ । संसारभर ५२ हजारलाई रोजगारी दिएको कियाको वार्षिक रेभेन्यू ५० अर्ब अमेरिकी डलर छ भने ६ वटा मुलुकमा यसका उत्पादन प्लान्ट छन् । किया अब विस्तारै विद्युतीय बाहन उत्पादनतर्फ जाँदै गरेको कम्पनी हो ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved