अपाचे आरटिआर सिरिजको नयाँ बाइक सार्वजनिक हुँदै, कति पर्छ मूल्य ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 31, 2020 | 02:37:38 PM मा प्रकाशित

laxmi  sunrise bank

टिभीएस मोटरसाइकलको नेपालका लागि बिक्रेता जगदम्बा मोटर्सले साउन २० बाट अपाचे आरटिआर सिरिजको नयाँ मोटरसाइकल सार्वजनिक गर्ने भएको छ । कम्पनीले १६० फोर भि सिंगल डिस्क सार्वजनिक गर्न लागेको जनाएको छ ।

कम्पनीले यो सिरिज अन्तर्गत हालसम्मकै उत्कृष्ट पावर र पिकअप क्षमताको बाइक बजारमा आउन लागेको जनाएको छ । जगदम्बा मोटर्सका मार्केटिङ एण्ड कम्युनिकेशन प्रमुख नवराज कोइरालाका अनुसार बजारमा आउन लागेको नयाँ मोटरसाइकलको मूल्य २ लाख ७२ हजार ९ सय रुपैयाँ छ।

मोटरसाइकलमा १२ भोल्टको अटोमेटिक हेडलाइट अन, अल टाइम अनसहितको ३५ वाटको एचएस–१ बल्ब, फ्युल डेलिभरी कारबुरेटर, चारवटा भल्भ सिलिण्डर जडान गरिएको छ । सेल्फ स्टार्ट, फ्रन्ट डिस्क ब्रेक सहितका सुविधा रहेको बाइकमा १२ लिटर इन्धन क्षमता रहेको छ । रिजर्भ ट्यांकमा २.५ लिटर इन्धन क्षमता रहेको यो मोटरसाइकलले प्रतिलिटर ३० किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ । 

१४३ किलो तौल भएको यो मोटरसाइकलको अगाडि र पछाडि दुबै तिर ट्युवलेस टायर छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved