सुजुकी मोटरसाइकल किन्ने हो ? यस्ता छन् अफर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 05, 2020 | 03:53:33 PM मा प्रकाशित

laxmi  sunrise bank

सुजुकि मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बितरक भिजि अटोमोबाइल्सले कोरोना विशेष स्किमको स्किमको घोषणा छ । ‘उतार चडाब आईरहन्छ, सुजुकीको साथ रहिरहन्छ’ भन्ने नारा राखेर कम्पनीले प्रत्येक मोटरसाईकल तथा स्कुटरको खरिदमा १५ हजार नगद छुट वा शून्य प्रतिशत ब्याजदरको स्किम घोषणा गरेको हो ।

ग्राहकले १५ हजार नगद छुट वा शून्य प्रतिशत ब्याजदरमध्ये एक स्किम छानेर मोटरसाइकल खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीको यो स्किम श्रावण १ गतेदेखि ३१ गते सम्म नेपालभरका सम्पूर्ण शाखाहरुबाट प्राप्त गर्न सकिनेछ । एक्सचेञ्जमा समेत यो स्किम लागु गरिएको कम्पनीले जानकारी दिएको छ ।

सुजुकिका जिक्सर २५० सिरिज, जिक्सर १५० सिरिज, ईन्ट्रुडर तथा हयाते बाईक छन् भने स्कुटरतर्फ बर्गम्यान, एक्सेस तथा लेट्स रहेका छन् । १ बर्ष अगाडि मात्र नेपाली बजारमा बिक्रि सुरु भएको जिक्सर भेरियन्ट युवा पुस्ताले रुचाएको बाईकमा पर्दछ भने बर्गम्यान म्याक्सि स्कुटर लोकप्रिय छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved