बजेटपछि विद्युतीय गाडी सस्तो, हुण्डाईको मूल्य १८ लाख घट्यो, अरुको कति ?

निरोज कुमार थापा

निरोज कुमार थापा

May 31, 2021 | 02:15:51 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले विद्युतीय गाडीमा लाग्दै आएको अन्तशुल्क खारेज भएपछि विद्युतीय गाडीको मूल्यमा अस्वभाविक गिरावट आएको छ । यद्यपी, विद्युतीय सवारी साधन बिक्रेताले नयाँ मूल्यसूची सार्वजनिक गरिसकेका छैनन् । तर, जेठ १४ गतेको तुलनामा लाखौँ रुपैयाँ मूल्य घटेको छ ।

केही दिनमै नयाँ मूल्यसूची सार्वजनिक गर्ने तयारीमा विद्युतीय सवारी बिक्रेताहरु छन् । अहिले बिवाईडी, दिगो २ चिनियाँ ब्राण्डबाहेक अरुले नयाँ मूल्य तयार पारिसकेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रयोग गर्ने विद्युतीय गाडी बिवाईडीको हो ।

यी बाहेक हुण्डाई, एम.जी. र कियाले नयाँ मूल्य तय गरिसकेका छन् । महिन्द्राले पनि आफ्नो विद्युतीय कारको मूल्य सार्वजनिक गर्ने तयारीमा रहेको बताएको छ ।

हुण्डाईको गाडी १८ लाख सस्तियो

सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेटले विद्युतीय सवारी साधनमा लाग्दै आएको करका दर समायोजन गरेसँगै विद्युतीय कार बिक्रेता कम्पनी लक्ष्मी हुण्डाई सबैभन्दा पहिला नयाँ मूल्यसार्वजनिक गर्ने कम्पनी बनेको छ । लक्ष्मी हुण्डाईले जेठ १४ गतेको तुलनामा एउटा गाडीमा १८ लाख रुपैयाँ मूल्य घटाएको छ ।

हुण्डाईले बिक्रि गर्दै आएको विद्युतीय कार ‘कोना’ ७४ लाख ९६ हजारबाट घटेर ५६ लाख ९६ हजारमा उपलब्ध हुने भएको छ । हुण्डाईकै अर्को इलेक्ट्रिक ब्राण्ड IONIQ को मूल्य पनि ७५ लाख ९६ हजारबाट घटेर ५७ लाख ९६ हजारमा आईपुगेको छ । यी दुबै ब्राण्डको मूल्य १८ लाख रुपैयाँले घटेको हो । क्रसओभर एसयूभी कोना ईभी १५० किलोवाटको मूल्य भने ७१ लाख ९६ हजार रुपैयाँ तोकिएको छ ।

डा. युवराज खतिवडा अर्थमन्त्री हुँदा अन्तशुल्क बढ्दा यी गाडीको मूल्य १ करोड नाघेको थियो । गत वर्ष जेठ १५ मा बजेट भाषण गर्दै डा. खतिवडाले विद्युतीय सवारीको अन्तःशुल्क बढाएपछि बिक्रताले मूल्य तोक्नै सकेका थिएनन् । तर, अर्थमन्त्रीबाट खतिवडाको बहिर्गमनसँगै प्रधानमन्त्री केपी शर्मा ओली आफैँले अग्रसरता लिएर अन्तशुल्क घटाएका थिए । अन्तःशुल्क घटाएपछि हुण्डाईको कोना ब्राण्ड ७४ लाख ९६ हजार र क्ष्इल्क्ष्त्त ब्राण्ड ७५ लाख ९६ हजारमा झरेको थियो ।

कम्तीमा १० लाख सस्तो हुन्छः नाडा

एम.जी. र कियाका गाडी पनि १० देखि १५ लाख रुपैयाँ सस्तो हुने अनुमान गरिएको छ । केही दिनमै नयाँ मूल्यसूची सार्वजनिक गर्ने तयारीमा बिक्रेताहरु छन् । 

अटो व्यवसायीको छाता संगठन अटोमोबाइल्स डिलर्स एसोसियसन अफ नेपाल (नाडा) का अध्यक्ष कृष्ण प्रसाद दुलालले नाडाका सबै सुझाव बजेटमार्फत सम्बोधन भएकोले अब विद्युतीय सवारीको मूल्य कम्तीमा १० लाख घट्ने दाबी गरेका छन् ।

‘अन्तशुल्क ६० प्रतिशतसम्म लाग्दै आएको थियो, अन्तशुल्क लिईसकेपछिको मूल्यमा भन्सार दर लाग्ने व्यवस्था थियो, यसले विद्युतीय सवारी चलाउन प्रोत्साहन हुन सकेको थिएन, तर अब ६० प्रतिशत अन्तशुल्क लाग्ने व्यवस्था हटेर शून्यमा झर्दा गाडी १० लाख सस्तो हुन्छ’ उनले भने । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved