विद्युतीय गाडीको नयाँ मूल्य सार्वजनिक, अब कुनको कति पर्छ ? (सूचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 03, 2021 | 10:03:37 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले विद्युतीय गाडीमा लाग्दै आएको अन्तशुल्क खारेज भएपछि विद्युतीय गाडी अप्रत्याशित सस्तो भएको छ । विद्युतीय सवारी साधन बिक्रेताले नयाँ मूल्यसूची सार्वजनिक गर्दै जेठ १४ गतेको तुलनामा गाडी ब्यापक सस्तो भएको जनाएका छन् ।

हुण्डाई, एमजी र कियाले आफ्ना विद्युतीय गाडीको नयाँ मूल्य सूची सार्वजनिक गरेका छन् । हुण्डाई र एमजीको गाडी सस्तो हुँदा कियाको निरो ब्राण्डको कार भने ३ लाख महँगिएको छ । 

कुन गाडीको मूल्य कति ?

हुण्डाईको गाडी १८ लाख सस्तियो

सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेटले विद्युतीय सवारी साधनमा लाग्दै आएको करका दर समायोजन गरेसँगै विद्युतीय कार बिक्रेता कम्पनी लक्ष्मी हुण्डाई सबैभन्दा पहिला नयाँ मूल्य सार्वजनिक गर्ने कम्पनी बनेको छ । लक्ष्मी हुण्डाईले जेठ १४ गतेको तुलनामा एउटा गाडीमा १८ लाख रुपैयाँ मूल्य घटाएको छ ।

हुण्डाईले बिक्रि गर्दै आएको विद्युतीय कार ‘कोना’ ७४ लाख ९६ हजारबाट घटेर ५६ लाख ९६ हजारमा उपलब्ध हुने भएको छ । हुण्डाईकै अर्को इलेक्ट्रिक ब्राण्ड क्ष्इल्क्ष्त्त को मूल्य पनि ७५ लाख ९६ हजारबाट घटेर ५७ लाख ९६ हजारमा आईपुगेको छ । यी दुबै ब्राण्डको मूल्य १८ लाख रुपैयाँले घटेको हो । क्रसओभर एसयूभी कोना ईभी १५० किलोवाटको मूल्य भने ७१ लाख ९६ हजार रुपैयाँ तोकिएको छ ।

डा. युवराज खतिवडा अर्थमन्त्री हुँदा अन्तशुल्क बढ्दा यी गाडीको मूल्य १ करोड नाघेको थियो । 

एमजीको एसयूभी इजेडएस ९ लाख सस्तो

एमजीको चर्चित ब्राण्ड हो एसयूभी इजेडएस । कम्पनीले इजेडएसको मूल्य ५९ लाख ९९ हजारबाट ५० लाख ९९ हजारमा झारेको छ । 

आर्थिक वर्ष २०७६/०७७ मा ४९ लाख ९९ हजार मूल्य रहेको यो गाडीको भाउ चालु आर्थिक वर्ष २०७७/०७८ भने ५९ लाख ९९ थियो । तर, जेठ १५ गतेको बजेट भाषणले करका दर समायोजन गरेसँगै ९ लाख रुपैयाँ सस्तो भएको हो ।

याृ गाडीमा पहिले १० प्रतिशत भन्सार लाग्दै आएकोमा जेठ १६ गतेबाटै भन्सार दर भने बढेर १५ प्रतिशत पुगेको छ । तर, अन्तशुल्कमा भारी छुट पाएको हुनाले गाडी सस्तो भएको हो ।

कियाको निरो ब्राण्ड ३ लाख महँगियो

कियाको निरो ब्राण्डको गाडी भने ३ लाख रुपैयाँ महँगिएको छ । कियाको आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङले आर्थिक वर्ष २०७६÷०७७ को तुलनामा गाडीको मूल्य ३ लाख रुपैयाँ बढाएको हो । यसअघि ६६ लाख ९० हजार रुपैयाँ रहेको निरो कारको मूल्य अब ६९ लाख ९० पर्ने भएको छ । 

बजेटले भन्सारको दर १० प्रतिशतबाट बढाएर १५ प्रतिशत पुर्याएका कारण गाडी ३ लाख रुपैयाँ महँगो भएको कम्पनीको दाबी छ । 

के छ बजेटले गरेको व्यवस्था ? 

सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत १ सय किलोवाट क्षमताको मोटर जडान भएका विद्युतीय कारमा १० प्रतिशत भन्सार लाग्ने व्यवस्था गरेको छ । १०१ देखि २ सय किलोवाट सम्मको मोटर जडित कारमा १५ प्रतिशत, २०१ देखि ३ सय किलोवाट सम्मका कारमा ३० प्रतिशत र ३०१ किलोवाटभन्दा माथिका कारमा ४० प्रतिशत भन्सार शुल्क लाग्ने व्यवस्था गरेको छ । 

विद्युतीय सवारीमा लाग्दै आएको अन्तःशुल्क खारेज भएको छ । बजेट साउन १ देखि लागू हुने भएपनि बजेटले व्यवस्था गरेको कर तथा राजश्वको दर भने जेठ १६ बाटै लागू हुने भएकाले विद्युतीय सवारीका बिक्रताले नयाँ मूल्य सार्वजनिक गरेका छन् ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved