दिगो इ८ विद्युतीय कारको मूल्य घट्यो, किन्न इच्छुकले तत्कालै पाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 03, 2021 | 12:29:51 PM मा प्रकाशित

laxmi  sunrise bank

विद्युतीय सवारी ब्रान्ड दिगोले दिगो इ८, विद्युतीय ह्याचब्याक कारको मूल्य घटाएको छ । विद्युतीय सवारी साधनको आयातमा लाग्ने महसुल र अन्तःशुल्क घटेसँगै कम्पनीले आफूसँग स्टकमा रहेका कारको मूल्य परिमार्जन गरेको हो । 

सरकारले गरेको यस सकारात्मक कदमको सर्हाना स्वरूप स्टकमा रहेको गाडीको समेत मूल्य परिमार्जन गरिएको दिगो इ८ कार खरिदकर्तालाई तत्कालै डेलिभरी गर्न सकिने कम्पनीले जनाएको छ । कम्पनीले नयाँ मूल्य रु. २१ लाख ९४ हजार ५०० तोकेको छ ।

नयाँ बजेटमा विद्युतीय सवारी साधानको भन्सार महसुल र अन्तःशुल्क घटाउने घोषणा भएसँगै मानिसहरु दीगो इ८ को नयाँ मूल्य सार्वजनिक हुने प्रतीक्षामा छन् । परिमार्जित मूल्यमा सो गाडी उपलब्ध हुने खबर विद्युतीय कार खरिद गर्ने सोच बनाइरहेका ग्राहकका लागि निकै नै सकारात्मक रहने कम्पनिको ठहर छ ।

दीगो इ८ को पहिलो लट बिक्री भएपछि कम्पनीले बजेटअघि नै दोस्रो लट आयात गरेको थियो । सरकारले विद्युतीय सवारी साधनमा लाग्ने कर कटौती गरेपछि कम्पनीले आफूसँग स्टकमा रहेका गाडीहरु मूल्य घटाएर विक्री गर्ने निर्णय लिएको जनाएको छ । वातावरण, अर्थतन्त्र र ऊर्जा निर्भरताको सन्दर्भमा विद्युतीय सवारी साधनको लाभ निकै बढी छ । 


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved