नेपाल भित्रिएको ‘स्कोडा कुशक’को टेस्ट ड्राइभ खुला, कति छ मूल्य ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 26, 2021 | 09:48:13 AM मा प्रकाशित

laxmi  sunrise bank

एमएडब्लू इन्टरप्राइजेजले स्कोडा कुशक नेपाल भित्र्याएको छ । कम्पनीले यसअघि नै बुकिङ खुला गरेको भएपनि यसको टेस्ट ड्राइभ भने आजबाट खुला गरिएको छ । 

एक्टिभ, एम्बिसन र स्टाइल गरी ३ ट्रिम र ५ भेरियन्टमा उपलब्ध हुने स्कोडा कुशक रोबस्ट र मस्कुलर लुक्सको एसयूभी हो । 

अगाडि चौडा र स्कोडा ग्रिल, डुअल हेडलाइट सेटअप, एलईडी डीआरएल र फग ल्याम्प भएको यो कारमा रुफ रेल र १७ इन्चको डाइमन्ड कट एलोई ह्वील रहेको छ । 

यसमा १० इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, सनरुफ, भेन्टिलेटेड सिट, ५० वाटको सब वुफरसहितको सिक्स स्पिकर वपन जडान गरिएको छ । 

६ एयरब्याग, रियर पार्किङ क्यामेरा, आइसोफिक्स चाइल्ड सिट माउन्ट, अटो हेडल्याम्प र वाइपर र मल्टिकोलिजन ब्रेकिङ सिस्टम पनि भएकाले सुरक्षाका दृष्टिकोणले यो एसयूभी सुरक्षित रहेको कम्पनीको दाबी छ । 

स्कोडा कुशकमा १ लिटरको टीएसआई इन्जिन छ, जसले ११५ बीएचपी र १७८ एनएम टर्क उत्पन्न गर्नेछ, जुन सेग्मेन्टमै सबैभन्दा बढी हो । टीएसआई इन्जिन ६ स्पिड म्यानुअल र अटोमेटिक ट्रान्समिसनमा उपलब्ध छ । 

कम्पनीले एक्टिभ एमटीको मूल्य ४९ लाख ९० हजार, एम्बिसन एमटीको ५३ लाख ९० हजार, एम्बिसन एटीको ५८ लाख ९० हजार, स्टाइल एमटीको ६० लाख ९० हजार र स्टाइल एटीको ६५ लाख ९० हजार तोकेको छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved