नाडाको चुनावी साधारणसभा भदौ २५ मा, कति छन् मतदाता ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 30, 2021 | 06:12:26 PM मा प्रकाशित

laxmi  sunrise bank

नाडा अटोमोबाइल्स डिलर्स एसोसियसनको चुनावी साधारणसभा भदौ २५ गते हुने भएको छ । नाडाले आज पत्रकार सम्मेलनको आयोजना गर्दै ४५ औँ साधारणसभा तथा निर्वाचन भदौ २५ गते सोल्टी होटलमा हुने जानकारी दिएको हो ।

नाडाका अध्यक्ष कृष्ण प्रसाद दुलालले जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर स्वास्थ्यका सबै मापदण्ड पालना गरेर साधारणसभा आयोजना गर्ने बताए । उनका अनुसार साउन १५ गते शुक्रबार बसेको नाडाको १३ औँ केन्द्रीय कार्यसमितिको बैठकले ४५ औँ साधारणसभा र २१ औँ निर्वाचन भदौ २५ गते आयोजना गर्ने निर्णय गरेको हो । 

आजको बैठकले महासचिव सुनिल रिजाल, सचिव अनुप बराल र कोषाध्यक्ष सुरेन्द्र उप्रेती सदस्य रहने गरी ३ सदस्यीय साधारणसभा तयारी समिति पनि बनाएको छ । 

आजकै बैठकले बरिष्ठ कानुनी सल्लाहकार बालकृष्ण ढकाललाई प्रमुख निर्वाचन अधिकृत चयन पनि गरेको छ । 

कार्यसमितिका २० सदस्यका लागि चुनाव

नाडाको संशोधित बिधान अनुसार सधारणसभाले अध्यक्ष लगायत २० जना केन्द्रीय कार्यसमिति सदस्यहरुको निर्वाचन गर्नेछ । नाडाका ८ संस्थागत एसोसियसनका अध्यक्ष स्वतः केन्द्रीय कार्यसमितिमा प्रतिनिधित्व गर्नेछन् । 

नाडाको ४ उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सह–कोषाध्यक्षको चयन भने निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठकले गर्नेछ । 

नाडाको केन्द्रीय कार्यसमिति कुल २९ जनाको हुनेछ । 

३३६५ मतदाता

नाडाका अनुसार ३ हजार ३६५ मतदाताले निर्वाचन कार्यक्रममा भाग लिन पाउने छन् । २ वर्षअघि ९६५ मतदाता रहेको नाडाले यो २ वर्षको बीचमा सबै प्रदेशमा उपस्थिती जनाउँदै सदस्य संख्यामा पनि आक्रामक रुपमा प्रस्तुत भएको हो । 

नाडाले भदौ १८ गतेसम्म सदस्यता नवीकरणको अन्तिम मिति तोकेको नाडाका सदस्य प्रकाश कपुरीले जानकारी दिए ।

हालसम्म उपाध्यक्ष करण कुमार चौधरी र सदस्य ध्रुब बहादुर थापाले अध्यक्षमा उम्मेद्वारी घोषणा गरेका छन् ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved