प्रधानमन्त्रीलाई भेटेर नाडाले भन्यो, ‘अटो व्यवसायलाई गतिशील बनाउन पहल गर्दिनोस्’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 04, 2021 | 04:45:25 PM मा प्रकाशित

laxmi  sunrise bank

नाडा अटोमोबाइल्स डिलर्स एसोसियसनले प्रधानमन्त्री शेर बहादुर देउवासँग भेट गरेको छ । उपाध्यक्ष करण चौधरीको नेतृत्वमा गएको गएको ७ सदस्यीय नाडा प्रतिनिधि मण्डलले प्रधानमन्त्री देउवालाई भेटी कार्यकाल सफलताको कामना गर्दै अटो व्यवसायीका समस्या पनि राखेको छ ।

बन्दाबन्दीको कारण अटोमोवाइल क्षेत्र नै धरापमा परेको र यसलाई पुनः गतिशिल अवस्थामा पु¥याउन सरकारबाट विशेष पहलको अपेक्षा आफूहरुले गरेको नाडा प्रतिनिधि मण्डलले प्रधानमन्त्री समक्ष भनेको छ । 

भेटघाटमा केन्द्रीय कार्य समिति सदस्य एवम् सार्वजनिक सवारी साधन समिति तथा सडक शुरक्षा तथा वातावरण समितिका सभापति राजनबानु श्रेष्ठले लामो बन्दाबन्दीका कारण बस, मिनिबस र माइक्रोबस व्यवसायीहरु ठूलो मर्कामा परेकोले उनीहरुको राहतका लागि सरकारले अन्य व्यवसायीहरुलाई उपलब्ध गराउदै आएको जस्तै आर्थिक राहत दिनुपर्ने माग गरे । 

उनले बन तथा वातावरण मन्त्रालयले जीप, कार भ्यान र मोटरसाइकलमा युरो–६/बीएस–५ लागु गर्न लागेको विषय सराहनिय भए पनि त्यसको कार्यान्वयनका लागि व्यवसायीहरुलाई पर्याप्त समय उपलब्ध गराउनुपर्ने पनि बताए । 

नाडाका अर्का उपाध्यक्ष आकाश गोल्छा, सचिव अनुप बराल, सहकोषाध्यक्ष विक्रम सिंहानिया, केन्द्रीय सदस्य दिपक अग्रवाल र एशोसिएशन सचिव सुरेन्द्र प्रधान पनि उपस्थित थिए ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved