नेपालमा ५० हजार वटा बिक्यो टिभिएस एनटर्क १२५

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 04, 2021 | 08:37:39 PM मा प्रकाशित

laxmi  sunrise bank

टिभिएस मोटर कम्पनीले टिभिएस एनटर्क १२५ स्कुटर नेपाली बजारमा ५० हजार वटा बिक्रि भएको जनाएको छ ।  सुरुवातको तीन वर्षमा ५० हजार युनिट बिक्रिको माइलस्टोेन  पार भएको कम्पनीले जनाएको हो ।

सन् २०१८ मा टिभियस एनटर्क १२५ नेपालमा पहिलो ब्लुटुथ जडान गरिएको स्कुटरको रुपमा सुरु गरिएको थियो। माइलस्टोेन  पार गरेको अवसरमा इन्टरनेशनल बिजिनेश टिभिएस मोटर कम्पनीका प्रेसिडेन्ट आर दिलिपले सुधारिएको पूर्वाधार, बहुउपयोगी सवारी साधनहरुको आवश्यकता र सुरक्षित व्यक्तिगत गतिशीलताको लागी बढ्दो मागको कारण स्कुटर नेपालमा एक लोकप्रिय छनोट बन्न सफल भएको बताए।  जएमपीएलका प्रबन्ध निर्देशक शहिल अग्रवालले टिभिएस एनटर्क १२५ छिटै राष्ट्रले नै मन पराएकोे स्कुटरको रुपमा स्थापित हुन सफल भएको बताए ।  

कम्पनीका अनुसार 'टिभिएस एनटर्क १२५ ले रेसिंग पेडिग्री द्वारा समर्थित उत्कृष्ट प्रदशृनको प्रस्तुत गर्दछ। यस स्कुटरले एक्स्क्ल्युसिभ टिभिएस कनेक्ट मोबाइल एप्लिकेसनसँग पेयर गरिएको एक इनोभेटिभ ब्लुटुथ–इनेबल्ड टेक्नोलोजी टिभियस स्मार्ट कनेक्टलाई प्रिमियर गर्दछ। टिभियस स्मार्ट कनेक्टफुल्ली डिजिटल स्पीडोमिटरमा फस्ट–इन–सेगमेन्ट थपको होस्टलाई इनेबल गर्छ जसले नेभिगेशन एसिस्ट, टप स्पिड रेकर्डर, इन–बिल्ट–ल्याप–टाइमर,फोन–ब्याट्री स्ट्रेन्थ डिस्प्ले, लास्ट पाक्र्ड लोकेशन एसिस्ट, सर्भिस रिमाइन्डर, ट्रिप मिटर र मल्टि राइड स्टाटिस्टिक्स मोडहरु जस्तै स्ट्रिट र स्पोर्ट जस्ता सुविधाहरुलाई समेटेको छ।'

टिभिएस एनटर्क १२५पाँच भेरिएन्ट, डिस्क, ड्रम, रेस एडिसन, रेस एडिसन र सुपरस्क्वाड एडिसनमा उपलब्ध छ। यो म्याट रेड, मेटािलक ग्रे, मेटलिक रेड, मेटलिक निलोको रंगमा आउँदछ। रेस एडिसन सहित रेड–ब्ल्याक र यल्लो–ब्ल्याक रंगमा उपलब्ध छ, जबकि सुपरस्क्वाड एडिसन कम्ब्याट ब्लु, इन्भिन्सिबल रेड र स्तिल्थ ब्ल्याक रंगमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved