केटिएम–७९० ड्युकको बुकिङ खुल्यो, कति छ मूल्य ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 09, 2021 | 05:36:25 PM मा प्रकाशित

laxmi  sunrise bank

केटिएम–७९० ड्युकको बुकिङ खुलेको छ। नेपालका लागि केटिएम बाइकको आधिकारिक वितरक हन्सराज हुलासचन्द प्रा.ली.ले केटिएम–७९० ड्युकको बुकिङ खुल्ला गरेको हो । 

भारतमा गत वर्ष नै बुकिङ सुरु भएपनि नेपालमा भने एक वर्ष ढिलो गरी बुकिङ सुरु भएको हो । नेपालमा राम्रो बजार पाउनेमा कम्पनी विश्वस्त छ ।

७९९ सिसी डिस्प्लेस्मेन्ट भएको यो बाइकमा लिक्विड–कुल्ड, प्यारालल ट्विन मोटर इन्जिन जडित छ । जसले ९ हजार आरपिएममा १०४।६ पिएस पावर र ८ हजार आरपिएममा ८७ एनएम टर्क जेनेरेट गर्छ । बाइकमा ६ स्पिड गियरबक्स रहेको छ। यसमा ट्युबलेस टायर रहको छ भने डिस्क ब्रेक पाइन्छ। 

स्पोर्टी लुक्स भएको केटिएम ७९० ड्युकमा पूर्ण डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, एलइडी हेडलाइट, टेललाइटलगायत विशेषताहरू छन्। बाइकलाई स्पोर्ट, स्ट्रिट, रेन र ट्रयाक गरेर चार विभिन्न मोडमा चलाउन सकिन्छ। 

कम्पनीले यसको मूल्य २३ लाख ९९ हजार रुपैयाँ तोकेको छ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved