हाउजेको शोरुम बनेपामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 11, 2021 | 12:04:30 PM मा प्रकाशित

laxmi  sunrise bank

हाउजेका लागि नेपालको आधिकारिक बिक्रेता कृष्ण इन्टरनेशनल ट्रेडिङ कन्सर्नले बनेपामा नयाँ शोरुम खोल्ने भएको छ । शोरुमको शुक्रबार उद्घाटन हुनेछ ।

 बनेपामा हाउजेको डिलरसिप हन्ड्रेड मेम्बर्स इन्भेष्ट ग्रुपले प्राप्त गरेको छ ।

कृष्ण इन्टरनेशनलका प्रवन्ध निर्देशक अमरराज कर्णिकारको प्रमुख आतिथ्यतामा शोरुमको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । शोरुम उद्घाटनका अवसरमा हाउजेका ग्राहकलाई चावीसमेत हस्तान्तरण गरिनेछ । बनेपा तथा आसपासका ग्राहकलाई लक्षित गरी हाउजेको डिलर सुरुवात गर्न लागेको हन्ड्रेड मेम्बर्स इन्भेष्ट ग्रुपका सञ्चालक अर्विण श्रेष्ठले बताए । बिक्रीपछिको सेवालाई प्राथमिकतामा राख्दै शोरुमबाट सेवा प्रदान गर्ने उनले बताए ।

चिनियाँ मोटरसाइकल कम्पनी हाउजेका बाइकहरु नेपाली बजारमा लोकप्रिय रहेको सेल्स एण्ड मार्केटिङ हेड प्रमिला खत्रीले जानकारी दिइन् । कम्पनीले नेपालका मुख्य शहरमा हाउजेको शोरुम, सर्भिस सेन्टर र पार्ट्ससहितका डिलरहरु विस्तार गरिरहेको छ । ‘डर्ट सेगमेन्टको सो बाइकले नेपाली डर्ट बाइक बजारमा अर्को प्रतिस्पर्धा थपेको छ,’ खत्रीले भनिन् । 

यसमा प्रयोग गरिएको इन्जिन र च्यासिसको ब्यालेन्सका कारण राइडर जतिसुकै लामो र कठिन सडकमा पनि नथाक्ने कम्पनीको दावी छ । इन्जिन वारेन्टी २ वर्ष रहेको छ भने फ्रि सर्भिस ६ पटकसम्म उपलब्ध छ र पार्टस्समेत सर्वसुलभ मूल्यमा उपलब्ध रहेको खत्रीले बताइन् ।

काठमाडौंको कमलपोखरीस्थित कृष्ण पाउरोटीसँगै कम्पनीको मुख्य शोरुम छ । काठमाडौं उपत्यकाको टेकु, नयाँबजार र चाबहिलमा हाउजेको शोरुम छन् । उपत्यका वाहिर चितवन, हेटौंडा, पोखरा, इलाम र संखुवासभामा अन्य शोरुम छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved