बनेपामा हाउजेको शोरुम, सुरुमा १५ हजार रुपैयाँ छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 14, 2021 | 10:52:09 AM मा प्रकाशित

laxmi  sunrise bank

हाउजेका लागि नेपालको आधिकारिक बिक्रेता कृष्ण इन्टरनेशनल ट्रेडिङ कन्सर्नले नयाँ शोरुम बनेपाको संगममार्गमा खोलेको छ । कृष्ण इन्टरनेशनलका प्रवन्ध निर्देशक अमरराज कर्णिकारले शोरुमको शुक्रबार एक कार्यक्रमबीच उद्घाटन गरेका हुन् । 

बनेपामा हाउजेको डिलरसिप लिएको हन्ड्रेड मेम्बर्स इन्भेष्ट ग्रुपले बिक्री, स्पेयर्स पार्टस र सर्भिस सेन्टरसमेतको सुविधा ग्राहकलाई उपलब्ध गराउन सुरु गरेको छ ।

शोरुम उद्घाटनका अवसरमा ३ जना हाउजेका ग्राहकलाई चावीसमेत हस्तान्तरण गरिएको हन्ड्रेड मेम्बर्स इन्भेष्ट ग्रुपका सञ्चालक अर्विण श्रेष्ठले जानकारी दिए । बनेपा तथा आसपासका क्षेत्रमा हाउजे बाइक लोकप्रिय हुने विश्वास उनले लिएका छन् । बिक्रीपछिको सेवालाई प्राथमिकतामा राख्दै शोरुमबाट सेवा प्रदान सुरु गरिएको उनले बताए ।

चिनियाँ मोटरसाइकल कम्पनी हाउजेका बाइकहरु नेपाली बजारमा लोकप्रिय रहेको कम्पनीले जनाएको छ । कम्पनीले नेपालका मुख्य शहरमा हाउजेको शोरुम, सर्भिस सेन्टर र पार्ट्ससहितका डिलरहरु विस्तार गरिरहेको छ । डर्ट सेगमेन्टको सो बाइकले नेपाली डर्ट बाइक बजारमा अर्को प्रतिस्पर्धा थपेको कम्पनीले जनाएको छ । यसमा प्रयोग गरिएको इन्जिन र च्यासिसको ब्यालेन्सका कारण राइडर जतिसुकै लामो र कठिन सडकमा पनि नथाक्ने कम्पनीको दावी छ । इन्जिन वारेन्टी २ वर्ष रहेको छ भने फ्रि सर्भिस ६ पटकसम्म उपलब्ध छ र पार्टस्समेत सर्वसुलभ मूल्यमा उपलब्ध रहेको छ ।

काठमाडौंको कमलपोखरीस्थित कृष्ण पाउरोटीसँगै कम्पनीको मुख्य शोरुम छ । काठमाडौं उपत्यकाको टेकु, नयाँबजार र चाबहिलमा हाउजेको शोरुम छन् । उपत्यका वाहिर चितवन, हेटौंडा, पोखरा, इलाम र संखुवासभामा अन्य शोरुम छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved