गोकर्ण फरेस्ट रिसोर्टमा हुन्डाईको नयाँ गाडीको मिडिया टेस्ट ड्राइभ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 16, 2021 | 10:33:44 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा हुण्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्र लि ले भर्खरै मात्र लन्च भएको गाडी  i20 का लागि मिडिया टेस्ट ड्राइभ गरेको छ । कम्पनीले साउन २९ गते गोकर्ण फरेस्ट रिसोर्टमा मिडिया टेस्ट ड्राइभ कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रममा all new i20 का Edgy  तथा Edgy विशेषताहरु माथि ध्यानआकर्षण गराइएको  कम्पनीले जनाएको छ। एक हप्ता अगाडि मात्र नेपालमा लन्च भएको यस गाडीको राम्रो प्रतिकृया प्राप्त भहिरहेको  र  नेपाली अटो बजारमा यसले नयाँ आयाम कायम गर्ने विश्वास कम्पनीले लिएको छ।

यो गाडी टाइफुन सिल्वर, टाइटन ग्रे, मेटालिक कपर, स्टार्री नाइट, पोलर व्हाइट र फायरी रेड मा उपलब्ध छ। नेपालमा माग्ना र स्पोर्ट्ज भेरीएन्ट पाइने र मुल्य क्रमश ३६,९६,००० र ४१,९६,००० रहेको कम्पनीले जनाएको छ।

लक्ष्मी इन्टरकन्टीनेन्टलले नेपाल भरी १४ शोरुमहरु तथा १८  सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । हुन्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोवाईल उत्पादक मध्येमा पर्दछ । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved