प्रिमियम एसयूभी सहित नयाँ टाटा सफारी सार्वजनिक, कति छ मूल्य ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 26, 2021 | 03:35:47 PM मा प्रकाशित

laxmi  sunrise bank

टाटा मोटर्सको नेपालका एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले प्रिमियम एसयूभी नयाँ टाटा सफारी सार्वजनिक गरेको छ ।

नयाँ टाटा सफारीको शुरुवाती मूल्य ८१ लाख ९९ हजार तोकिएको छ । ७ सिट क्षताको यो गाडीले आधुनिक युगमा शक्तिशाली एवम् आकर्षक एसयूभी रुचाउने ग्राहकहरुलाई आकर्षित गर्ने कम्पनीले जनाएको छ । 

ट्रोपिकल मिस्ट रंगमा उपलब्ध नयाँ सफारी सिप्रदीको नेपालभरका टाटा मोटर्सका शोरुममार्फत अवलोकन तथा टेस्ट ड्राइभको व्यवस्था गरिएको छ । नयाँ टाटा सफारी नेपालमा बिक्री वितरण शुरु भएपछि टाटाका प्यासेन्जर भेहिकल इन्टरनेशनल बिजनेसका प्रमुख मायक बाल्डीले यो गाडीले नेपाली बजारमा नयाँ आयाम थप्ने र ग्राहकहरुको प्रशंसा पाउने विश्वास व्यक्त गरे ।

त्यसैगरी सिप्रदी ट्रेडिङका प्रमुख सञ्चालन अधिकृत राजेशप्रसाद गिरीले नेपालमा नयाँ सफारीको आगमन टाटासँगको व्यापारिक साझेदारीमा एक अर्को कोशे ढुंगा भएको बताए ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved