यस्तो छ यामाहाको दशैं तिहार अफर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 02, 2021 | 08:33:31 PM मा प्रकाशित

laxmi  sunrise bank

यामाहा मोटर साइकल तथा स्कूटरहरुको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले नेपालीहरुको महान चाड दशैं तिहारको अवसरमा रेस फर द एस अफर शुरु गरेको छ । यो अफर यही भदौ १६ गतेदेखि यामाहा बाइक तथा स्कूटरको खरीदमा लागू गरिएको कम्पनीले जनाएको छ।

योजना अन्तर्गत उपभोक्ताहरुले यामाहा खरीद गर्दा तत्कालै स्योर सट उपहारमा रु.८,०००÷ देखि रु.१ लाखसम्मको नगद पुरस्कार छुट प्राप्त गर्न सक्ने छन् भनें लक्की ड्रमा हरेक हप्ता एक जनाले ४ तोला सुनको एक्का तास जित्न सक्ने छन्। त्यस्तै बम्पर पुरस्कार विजेता उपभोक्ताले लक्की ड्रको भन्दा ३ गुणा ज्यादा अर्थात् १२ तोला सुनको एक्का तास जितेर रेस फर द एसको सर्वाधिक भाग्यशाली विजेताको ताज पहिरिन  सक्ने कम्पनीले जनाएको छ ।

 एमएडब्लुका बजार प्रबन्धक श्री राजु क्षेत्रीले भने “हामी सधैं उपभोक्ताहरुका लागि उत्साहजनक योजना तथा सेवाहरु उपलब्ध गराउन तत्पर रहन्छौं । यसै सन्दर्भमा यसपटक वर्तमान सन्दर्भकै सबैभन्दा राम्रो उपहार योजना हामीले उपभोक्ताहरु समक्ष पेश गरेका छौं । यो योजनाबाट हाम्रा उपभोक्ताहरु लाभान्वीत हुनु हुनेछ भन्ने विश्वास लिएका छौं ।” 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved