बजेटले सवारी आयात बढाउने भन्दै नाडाले अर्थमन्त्रीलाई दियो धन्यवाद

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 14, 2021 | 05:49:13 PM मा प्रकाशित

laxmi  sunrise bank

नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको ८ सदस्यीय प्रतिनिधिमण्डलले  अर्थमन्त्री जनार्दन शर्मासँग भेट गरेको छ । 

उक्त भेटघाटमा अध्यक्ष दुलालले सरकारले ल्याएको प्रतिस्थापन बजेटबाट अटोमोवाइल व्यवसायमा सकारात्मक प्रभाव पारेको कारण सवारी साधनहरुको आयात बढ्ने बताए । उनले सरकारले ल्याएका नीतिहरुको निरन्तरताका लागि समेत आग्रह पनि गरे ।

अध्यक्ष दुलालले मिति २०७८ मसिंर २२ गते काठमाडौँमा सम्पन्न हुने नाडाको आउदो ४५ औं वार्षिक साधारण सभाको प्रमुख अतिथिका लागि पनि अर्थमन्त्री शर्मालाई अनुरोध गरे ।

उक्त छलफलमा उपाध्यक्ष करण चौधरी, महासचिव सुनिल रिजाल, सचिव अनुप बराल, कोषाध्यक्ष सुरेन्द्रकुमार उप्रेती लगायत मोटरसाइकल समितिका सभापति अभिक ज्योति, कन्सट्रक्सन इक्यूपमेण्ट, वर्कशप टुल्स एण्ड ट्रयाक्टर समितिका सभापति मिलनबाबु मल्ल तथा एशोसिएशन सचिव सुरेन्द्र प्रधान समेतको उपस्थिति रहेको थियो । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved